ललितपुर । बोस्नीयाबाट फर्किएकी १८ वर्षीया युवतीलाइृ गोदावरी नगरपालिकाको बज्रबाराही अस्पतालमा क्यारेन्टाइनमा राखिएको छ । उनी चैत २ गत बोस्नियाबाट नेपाल आएकी थिइन् ।
इटाली नजिकैको देश भएको र संक्रमण हुन सक्ने भएकाले उनी आफैँ आइसोलेसनमा बसेकी थिइन् । तर हिजोदेखि रुघाखोकी लागेकाले उनलाई अस्पतालमा क्वारेन्टाइनमा राखीएको हो ।