३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना अस्पतालमा मृत्यु भएका यादवको नतिजा नेगेटिभ

अ+ अ-

चितवन । चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा मङ्गलबार मृत्यु भएका सन्तोष यादवमा कोरोना भाइरसको सङ्क्रमण नभएको पाइएको छ ।

उनको नमूना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । उनीसंगै अन्य शङ्कास्पद विरामीहरुको पनि नतिजा नेगेटिभ आएको अस्पतालले जनाएको छ । सोही अस्पतालमा उपचाररत अर्का एक र भरतपुर अस्पतालमा उपचाररत ८ जनाको पनि नतिजा नेगेटिभ आएको हो ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीका अनुसार कोरोना अस्पतालका अन्य चार जनाको नमूना परीक्षणका लागि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौंमा पठाइएको छ ।

वीरगञ्ज–२२ जगन्नथापुरका ३० वर्षीय यादवको कोरोना अस्पतालमा उपचारका क्रममा मङ्गलबार विहान ९ः३० बजे मृत्यु भएको थियो । अस्पतालले यादव पहिलेदेखि नै लुपस भन्ने रोगले मृगौलासमेत कमजोर भएको अवस्थामा ज्वरो र निमोनियाको लक्ष्ण भइ कोरोना अस्पतालमा उपचारका लागि आएका थिए । चितवन मेडिकल कलेजबाट कोभिड– १९ को आशङ्कामा उनलाई रिफर गरिएको थियो । उनको मृत्युसँगै कोरोना हुन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस