कोरोना रोकथाममा खटिएका सुरक्षाकर्मीलाई पनि प्रोत्साहन भत्ता दिन माग « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कोरोना रोकथाममा खटिएका सुरक्षाकर्मीलाई पनि प्रोत्साहन भत्ता दिन माग


११ चैत्र २०७६, मंगलबार


काठमाडौँ । कोरोना भाइरस(कोभिड–१९) भाइरसको महामारी रोकथाम तथा नियन्त्रणमा खटिएका सुरक्षाकर्मीले प्रोत्साहन भत्ताको माग गरेका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमतिको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई ५० देखि शतप्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेसँगै फ्रण्टलाइनमा बसेर काम गर्ने सुरक्षाकर्मीलाई पनि भत्ता उपलब्ध गराउन माग गरिएको हो ।

स्रोतका अनुसार प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले विपद्को समयमा फ्रण्टलाइनमा बसेर खटिने प्रहरीलाई पनि प्रोत्साहन भत्ता हुनुपर्ने भन्दै  गृह मन्त्रालय समक्ष प्रस्ताब राखेका छन् ।

सरकारले कोरोना भाइरस रोकथामका लागि मंगलबारबाट मुलुकभर ‘लकडाउन’को घोषणा गरिसकेको छ भने त्यसको कार्यान्वयनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएका छन् । सप्तरीमा सरकारी निर्णय कार्यान्वयन गराउन नेपाली सेना पनि खटिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस