२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यूरोप, इटालीमा एकै दिन २५० को मृत्यु

अ+ अ-

काठमाडौँ । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) ले कोरोना भाइरसको महामारीमा यूरोप ‘इपीसेन्टर’ बनेको बताएको छ ।

महामारीको केन्द्रविन्दुमा यूरोप भएकाले कोरोनाबाट बचाउन आक्रामक उपाय र समुदाय परिचालनका लागि डब्लुएचओले आग्रह गरेको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या इटालीमा उच्च देखिएको छ । गएको २४ घण्टाभित्र इटालीमा २५० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । एकै दिन यति धेरै संख्यामा मृत्यु भएको यो अहिलेसम्मकै उच्च हो ।

सवैभन्दा बढी प्रभावित चीनमा पनि एकै दिन यति धेरै मानिसले ज्यान गुमाएका थिएनन् ।

इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६६ पुगेको बीबीसीले जनाएको छ । १७ हजार ६६० जनामा संक्रमण देखिएको जनाइएको छ । अर्का इटाली पछि स्पेनको अवस्था पनि खराब देखिएको छ । स्पेनमा संक्रमित संख्या ४ हजार २३१ पुगेको छ ।

फ्रान्समा ७९ जनाको मृत्यु भएको छ भने २८७६ जना संक्रमित भेटिएका छन् । डब्लुएचओका अनुसार, अहिलेसम्म १२३ मुलुकका एक लाख ३२ हजार ५०० मानिसको परीक्षणा गरिएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच हजार पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस