काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत पुगेका छन् । राष्ट्रपति ट्रम्प दुई दिने भारत भ्रमणका लागि भारत पुगेका हुन् ।
उनी सोमबार बिहान ११ः४० बजे अहमदावादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदी पनि राष्ट्रपति ट्रम्पको स्वागतका लागि अहमदावाद विमानस्थल पुगे ।