पाँच दिन भित्र सम्पत्ति विवरण बुझाउन सतर्कता केन्द्रको पत्र « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

पाँच दिन भित्र सम्पत्ति विवरण बुझाउन सतर्कता केन्द्रको पत्र


२७ माघ २०७६, सोमबार


काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले पाँच दिन भित्र सम्पत्ति विवरण बुझाउन पत्र पठाएको छ ।

केन्द्रले विभिन्न आधा दर्जन मन्त्रालय अन्तर्गतका कार्यालयहरूमा कार्यरत निजामतीबाहेकका पदाधिकारी तथा कर्मचारीहरूको विवरण पठाउन भनेको हो । साथै ०७५–०७६को सम्पत्ति विवरण तोकिएको समयमा नबुझाउनेहरूको समेत विवरण मागेको छ ।

सम्पत्ति विवरण सङ्कलन गर्न आवश्यक सहयोग गर्न भन्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, खानेपानी मन्त्रालय, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र उद्योग विभागलाई पत्र पठाएको छ । केन्द्रले यसअघि दुई पटकसम्म विवरण पठाउन पत्राचार गरेको भए पनि पूर्ण विवरण नपठाएको भन्दै पाँच दिने पत्र काटेको हो ।

पत्र अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका एक दर्जन कार्यालयहरुलाई पाँच दिन भित्र राष्ट्रिय सतर्कता केन्द्रको नाममा विवरण बुझाई त्यसको जानकारी मन्त्रालयमा दिन भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस