२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

च्याउ खेतीबाट महिला आत्मनिर्भर हुँदै

अ+ अ-

खलङ्गा । जुम्लाको तिला गाउँपालिका–१ राराका महिला व्यावसायिक च्याउ खेतीबाट आत्मनिर्भर बन्दै गएका छन् । परम्परागत रुपमा गरिँदै आएको खेतीपातीबाट गुजारा नचल्ने भएपछि उनीहरुले शुरु गरेको च्याउ खेतीले अहिले व्यावसायिक रुप लिएको छ ।

दुई वर्षअघिदेखि च्याउ खेती शुरु गरेका महिलाले च्याउ बिक्री गरेर वार्षिक रु दुई लाख कमाउन थालेका छन् । बजारमा च्याउको माग बढ्दै गएपछि उनीहरुले उत्पादन गरेको च्याउ अहिले घरबाटै बिक्री हुने गरेको छ । चार वर्षअघि व्यावसायिक तथा सीप विकास तालीम केन्द्र जुम्लाबाट च्याउ खेतीबारे तालीम प्राप्त गरेपछि आफ्नै खेतबाट साना तीनवटा टनेलमा च्याउ खेती शुरु गरेका यहाँका सातजना महिलाको आम्दानीबाट प्रभावित भएर गाउँका अन्य महिलाले पनि च्याउ खेती शुरु गरेका छन् ।

घरायसी कामभन्दा च्याउ खेती गर्न सजिलो र आम्दानी पनि राम्रो हुने च्याउ खेती गर्दै आएकी स्थानीयवासी माने रावतले बताइन् । शुरुमा ८० हजार लगानी गरेर दुईवटा टनेल बनाएर शुरु गरिएको च्याउ खेतीबाट मासिक ४५ केजी च्याउ बिक्री हुने गरेका अर्को च्याउ खेती गर्दै आएकी स्थानीयवासी सरीता बुढाले बताइन् । महिलालाई रोजगारमूलक र सीपमूलक जस्ता कार्यक्रम गाउँपालिकाबाट हुने गरेकामा वडा नं १ का महिलाले गरेको च्याउ खेती जस्ता काममा वडापालिकाले अनुदान दिने जस्ता कार्यक्रम समावेश गरिएको वडा नं १ का वडाध्यक्ष प्ररबहादुर रावतले बताए ।

जुम्लाको गुठीचौर गाउँपालिकाले यहाँका किसनलाई नौ हजार स्याउका बिरुवा वितरण गरेको छ । गुठीचौर स्याउ खेतीका लागि राम्रो क्षेत्र मानिन्छ, चिस्यान, मलिलो माटो भएकाले पनि स्याउ खेती गुठीचौरमा स्याउ उत्पादनका लागि राम्रो क्षेत्र भएको गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले बताए ।

व्यावसायिक रुपमा स्याउ खेती गर्न चाहने गाउँपालिकाभरिका किसन, सहकारी, उद्यमी तथा समूहलाई नौ हजार स्याउका बिरुवा गाउँपालिकाले ७५ प्रतिशत अनुदान र २५ प्रतिशत समूहको लगानीमा किसानलाई बिरुवा वितरण गरिएको अध्यक्ष भण्डारीले बताए ।

जुम्लीको जीवनस्तर सुधार गर्ने एकमात्र आयाम भनेकै स्याउ खेती हो । अन्य क्षेत्रलाई छोडेर स्याउ खेतीमा प्राथमिकता दिइएको उनले बताए। चालु आवमा स्याउका बिरुवा खरिदका लागि ३ लाख बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माले बताउए ।

बिरुवा वितरणसँगै स्याउ खेतीबारे किसानलाई तालीमसमेत दिइएको छ । गुठीचौर गाउँपालिकाका कृषि संयोजक रत्नप्रसाद पाण्डेका अनुसार कति मिटर दूरीमा बिरुवा रोप्ने, पानी कतिबेला हाल्ने, बिरुवामा लाग्ने रोग नियन्त्रण कसरी गर्ने, खाल्डा कति गहिरा खन्ने र मलजललगायत बिरुवाको स्याहारसुसारका बारेमा यहाँका किसनलाई सीप सिकाइएको कृषि संयोजक पाण्डेले बताए ।

गु्ठीचौमा करीब २ हजार २५० घरधुरी छन् । ती सबैलाई केही वर्षभित्र स्याउ खेतीको पहुँचमा ल्याउने गाउँपालिकाको लक्ष्य छ । गत आर्थिक वर्षमा जुम्लामा स्याउ निर्यातबाट मात्रै ३४ करोड आम्दानी भएको थियो । ६ हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । १९ हजार घरधुरीमध्ये करीब १६ हजार घरधुरी स्याउ खेतीमा लागेको कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्क छ ।

यहाँको स्याउ उत्पादनबाट बर्सेनि प्रतिघरमा रु पाँचदेखि सात लाखसम्म आम्दानी गर्छन् । जुम्लाका आठै स्थानीय तहको पाखो जग्गा स्याउ खेतीका योग्य छ । त्यसैले पनि जुम्लाका स्थानीय तहले स्याउ खेतीमा लगानी बढाएका छन् । बाँकी साढे तीन हजार घरधुरीलाई स्याउ खेतीको पहुँचमा ल्याउन स्थानीय सरकारले अनुदानमा किसानलाई स्याउका बिरुवा वितरण गरिहेका छन् ।

प्रतिक्रिया दिनुहोस