१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शैक्षिक संस्थाले अनुशासित नागरिक तयार गर्नुपर्छ

अ+ अ-

पोखरा । पोखरा महानगरपालिका–३३ स्थित चण्डी माध्यमिक विद्यालयको ५७ औँ वार्षिकोत्सव एवं ५८ औँ अभिभावक दिवसका अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरिएकोे छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष सन्तबहादुर थापा, चेतबहादुर महत, लोकबहादुर महत र हेमबहादुर थापा (पराजुली)लाई गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले आइतबार सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेकी हुन् ।

साथै उक्त अवसरमा वर्ष उत्कृष्ट अभिभावकमा केशवराज लामिछाने र ज्येष्ठ सदस्यद्वय शेरबहादुर थापा र मिठुमाया खड्कालाई पनि सम्मान गरिएको थियो । मन्त्री पुनले समाजमा योग्य, नैतिकवान र दक्ष नागरिक तयार गर्नु वर्तमानको आवश्यकता भएको बताउँदै अनुशासित नागरिक तयार गर्ने जिम्मेवारी शैक्षिक संस्थाको भएको बताइन् ।

पोखरा महानगरपालिका–३३ का अध्यक्ष शिवप्रसाद आचार्यले शिक्षाको गुणस्तरीयता अभिवृद्धिको लक्ष्यलाई आत्मसात् गर्दै विद्यालय अघि बढ्नुपर्ने धारणा राखे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सदनकुमार महत, प्रधानाध्यापक खीमबहादुर महत, सरस्वती टीका माध्यमिक विद्यालयका प्रधानाध्यापक नन्दलाल काफ्ले, पीताम्बर पौडेल, वासुदेव पौडेल, राजु कार्की, हरिराम पौडेललगायतले यस क्षेत्रको शैक्षिक विकासमा विद्यालयले खेलेको भूमिकाबारे प्रकाश पारे ।

प्रतिक्रिया दिनुहोस