काठमाडौँ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल चलिरहेको छ । आइतबार बिहान नेकपा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।
दुई अध्यक्षबीच छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्ड बिहान पौने ९ बजे बालुवाटार पुगेको स्रोतले जनाएको छ ।
भोलीका लागि प्रतिनिधि सभाको बैठक तोकिएकाले सभामुखको उम्मेदवार टुंग्याइ सक्नुपर्ने भएकाले छलफलका लागि प्रचण्ड बाल्वाटार पुगेको जनाइएको छ ।