२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिक्किमका पूर्व मुख्यमन्त्री चाम्लिङलाई प्रज्ञा प्रतिष्ठानमा स्वागत

अ+ अ-

काठमाडौँ । सिक्किमका पूर्व मुख्यमन्त्री तथा साहित्यकार पवन चाम्लिङ ‘किरण’लाई नेपाल प्रज्ञा–प्रतिष्ठानले स्वागत गरेको छ।

नेपाल भ्रमणमा रहेका पूर्व मुख्यमन्त्री चाम्लिङलाई बिहीबार प्रतिष्ठानले आफ्नै कार्यालयमा रहेको प्रज्ञा भवनमा कार्यक्रम गरी स्वागत गरेको हो । उक्त अवसरमा कुलपति गङ्गाप्रसाद उप्रेती, उप कुलपति डा. जगमान गुरुङ, शताब्दी पुरुष सत्यमोहन जोशीले चाम्लिङलाई दोसल्ला ओढाउनुका साथै आँखीझ्यालसहितको उपहार प्रदान गरेका थिए।

पूर्व मुख्यमन्त्री चाम्लिङलाई ‘नेपाली बृहत् शब्दकोश’सहित प्रज्ञा–प्रतिष्ठानका केही महत्त्वपूर्ण प्रकाशनहरू पनि उपहार दिइएको थियो। कार्यक्रममा कुलपति उप्रेतीले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको विकासमा चाम्लिङको लगाव, समर्पण र योगदान विशिष्ट रहेको चर्चा गरे। ‘पवन चाम्लिङले नेपालमा भन्दा पनि बढी नेपाली भाषा, साहित्य, कला, संस्कृति र परम्परालाई सिक्किममा जीवन्त राख्दै नेपाली जातिको गौरव बढाउनुभएको छ,’ उनले भने, ‘यस क्षेत्रमा उहाँको योगदान अनुकरणीय छ।

यस्ता स्रष्टालाई नेपालमा स्वागत र सम्मान गर्न पाउँदा हामीलाई खुसी लागेको छ।’ उप कुलपति डा। गुरुङले स्रष्टा चाम्लिङ एक द्रष्टासमेत भएको उल्लेख गर्दै चाम्लिङसँगको सत्सङ्गले स्रष्टा–सर्जकहरूलाई सफलता मिल्ने बताए । कार्यक्रममा साहित्यकार चाम्लिङले प्रज्ञा–प्रतिष्ठानप्रति कृतज्ञता प्रकट गरे। ‘म अत्यन्त कृतज्ञ छु,’ चाम्लिङले भने, ‘नेपाल प्रज्ञा–प्रतिष्ठानको यो सद्भाव र सम्मानका लागि वैरागी काइँला र सत्यमोहन जोशीजस्ता अग्रज स्रष्टाहरूको समुपस्थितिमा आज म यहाँ सम्मानित हुन पाएँ।’

विश्वभरि रहेका नेपाली जातिका भाषा, साहित्य, कला तथा संस्कृतिको उन्नयनका लागि धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै चाम्लिङले सुसंस्कृत भाषा, साहित्य र संस्कृति आफ्नो मूल स्वप्न रहेको प्रस्ट्याए । कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँला, शताब्दी पुरुष जोशी, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’लगायतका विशिष्ट स्रष्टा–सर्जकहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस