५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजधानीको सम्भाव्यता प्रतिवेदनमाथिको छलफल सकियो

अ+ अ-

हेटौँडा । प्रदेश नं– ३ को प्रदेशसभाको शुक्रबार बसेको बैठकमा पनि राजधानीको सम्भाव्यता अध्ययन टोलीको प्रतिवेदनमाथि प्रदेशसभा सदस्यहरुले आ–आफ्नो धारण व्यक्त गरेका छन्। प्रदेशको विकासको पूर्वाधारलाई एकै ठाउँबाट सेवा सुविधा प्रवाह गर्ने कार्यलाई स्वच्छता प्रदान गर्न सत्तारुढ र प्रतिपक्ष एकजुट हुनुपर्ने धारणा बैठकमा प्रदेशसभा सदस्यले राखेका थिए ।

सङ्घीय गणतन्त्रलाई दीर्घजीवन प्रदान गर्न राजनीतिक दलले गरेका त्याग तपस्यालाई उपेक्षा गर्न नहुने तर्क प्रस्तुत गर्दै राजनीतिक दल तथा सदस्यले राजनीतिक एजेण्डाभन्दा राष्ट्रको सार्वभौम एवं राष्ट्रियतालाई दरिलो बनाउन दीर्घकालसम्म प्रदेशको राजधानीको महत्व रहने खालको सोचाइ राख्नुपर्ने बताए।

सोही बैठकमा प्रदेशसभाका सदस्यले उठाएको विभिन्न राष्ट्रिय सरोकारको विषयमा राजधानीको सम्भाव्यता अध्ययन टोलीका संयोजक दीपक निरौलाले राष्ट्रिय सरोकारको विषयमा प्रदेश सरकारले आफ्नो जिम्मेवारीसाथ कार्यसम्पादन गर्ने विश्वास व्यक्त गर्दै टोलीले इमान्दारीपूर्वक तयार गरेको पाँच जिल्लाको नाम छलफलको लागि प्रस्तावित गरिएको बताए । उनले कुनै जिल्लाको नाम स्पष्ट किटान नगरिएकाले प्रदेशसभाका सदस्यहरुको भावनाअनुसार आफ्नो अभिमत प्रकट गर्न स्वतन्त्रताको ग्यारेन्टी गरिएको बताए। उक्त प्रतिवेदनमाथि पहिलो, दोस्रो र तेस्रो चरण गरी आजसम्ममा कूल ५७ जना प्रदेशसभाको सदस्यले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

आजको बैठकमा राजधानी सम्भव्यता अध्ययन प्रतिवेदनमाथि १५ जना सदस्य छलफलमा सहभागी थिए। प्रदेशसभाका सदस्य सरस्वती बाँचे, दीपेन्द्र श्रेष्ठ, मैया अछामी, शोभा शाक्य, सिर्जना सैजु, सीता अधिकारी, योगेन्द्रराज सङ्ग्रौला, कुसमकुमार कार्की, जुनेलीमाया श्रेष्ठ, कल्पना नेपाली, रजनी अमात्य जोन्छे, भीमसेन खत्री, कुमारी मोक्तान, केशव स्थापित र डा राजाराम कार्कीले आ–आफ्ना धारणा व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस