४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेलकुदको क्षेत्रमा नेपालले अपेक्षित प्रगति हासिल गर्‍यो : मन्त्री विश्वकर्मा

अ+ अ-

काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुदको क्षेत्रमा नेपालले अपेक्षित प्रगति हासिल गर्न सफल भएको बताएका छन् ।

स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसद्वारा आयोजना गरिएको नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा बृहत् रचनात्मक सप्ताहको उद्घाटन गर्दै उनले खेलकुदको क्षेत्रमा गरेको प्रगतिबाट नेपाललाई विश्वले चिन्ने समय आउन लागेको बताए । ‘विभिन्न शक्तिसम्पन्न राष्ट्रहरुले खेललाई पेशा, व्यवसाय र उद्योगका रुपमा विकास गरेका छन्’, उनले भने, ‘खेलकुदका लागि नेपाल हरेक हिसाबले अनुकूल छ, हावापानी र प्रकृतिले उत्तिकै साथ दिएको छ ।’

उनले खेलकुदको क्षेत्रमा लागेर कसैले पनि पछुतो मान्न पर्ने अवस्था नरहने बताए । ‘खेल र खेलाडीलाई सम्मान गर्ने परिपाटीको विकास भएको छ’, उनले भने, ‘खेलकुदप्रति खेलाडीको आकर्षण पनि निकै बढेर गएको छ ।’

मन्त्री विश्कर्माले १३ औँ दक्षिण एशियाली (साग) प्रतियोगिताले नेपालको इज्जत र प्रतिष्ठामा उल्लेख्य वृद्धि भएको बताए । ‘खेलाडीलाई सरकारका तर्फबाट आवश्यक प्रोत्साहन र हौसलाका कारण सागमा जीत हासिल गर्न सकिएको हो’, उनले भने, ‘५१ स्वर्ण जित्नु सानो उपलब्धि होइन ।’ उनले सरकार खेलाडीलाई आवश्यक पर्ने जुनसूकै पूर्वाधार विकास गर्न पछि नहट्ने विश्वास दिलाए।

अनेरास्ववियुका संयोजक ऐन महरले नेपालको विश्वसँग भिड्न सक्ने एकमात्र माध्यम खेलकुद भएको बताए । ‘हामी बम बारुदमा अरूसँग लड्न सक्दैनौँ’, उनले भने, ‘खेलकुदमा जीत हासिल गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको शिरलाई उच्च पार्न सक्छौँ ।’ उनले खेलकुदलाई संस्कृति र पर्यटनसँग जोडेर मुलुकलाई समृद्ध बनाउन सकिने धारणा राखे । कार्यक्रममा क्याम्पसप्रमुख डा.निर्मला सुवाल, अनेरास्ववियुका नेता आरसी लामिछाने, सुदेश पराजुली, नेत्री आरती लामा, स्ववियु सभापति टपेन्द्र शाही, सचिव नारायण शर्मा लगायतले आरआर क्याम्पसले नेपालको शैक्षिक उन्नतिमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए ।

सप्ताहव्यापीकार्यक्रमअन्तर्गत भलिबल प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, सरसफाइ कार्यक्रमको आयोजना गरिएको स्ववियुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस