१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रमण वर्ष सचिवालय र टर्किस एयरलाइन्सबीच सम्झौता

अ+ अ-

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० सचिवालयले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियरूपमा प्रभावकारी पवर्द्धनका लागि टर्किस एयरलाइन्सँग सहकार्य गर्ने भएको छ ।

नेपालमा युरोपलगायत मुलुकबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष सचिवालयले अन्तर्राष्ट्रिय हवाई ‘कनेक्सन’मा ठूलो योगदान पुर्याउँदै आएको टर्किस एयरलाइन्ससँग सम्झौता गरेको हो ।

उक्त सम्झौतामा नेपाल भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्य तथा एयरलाइन्सका देशीय निर्देशक अब्दुल्हा टंसर केसेसीबीच आठ बुँदे सम्झौता भएको छ । सो अवसरमा संयोजक वैद्यले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकका लागि हवाई सम्पर्क सञ्जालको ठूलो भूमिका हुने बताउँदै नेपाल उडानमा केही महँगो भए पनि टर्किस एयरलाइन्सले निरन्तर हवाई उडान गरेर नेपालको पर्यटन क्षेत्रमा योगदान गरिरहेको उल्लेख गरे ।

उनले नेपालमा पर्यटकीय पूर्वाधारका रूपमा अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति र नयाँ अन्तर्राष्ट्रिय विमानस्थल पनि तीव्र गतिमा निर्माण भइरहेकाले नेपाल उडान गर्ने वायुसेवा प्रदायक कम्पनीलाई अझ सहज हुने विश्वास व्यक्त गरे ।

एयरलाइन्सका देशीय निर्देशक केसेसीले टर्किस एयरलाइन्सले निरन्तर हवाई सेवासँगै नेपालको पर्यटन क्षेत्रमा योगदान दिँदै आएको बताए । उनले आगामी दिनमा पर्यटन क्षेत्रमा सहयोग गर्न आफ्ना अन्य गन्तव्यमार्फत पनि प्रचारप्रसार गर्ने जानकारी दिए । नेपाल भ्रमणमा आउने युरोप र अमेरिकाका पर्यटकलाई टर्कीस एयरलाइन्सले ठूलो सहयोग गर्दै आइरहेको छ ।

सम्झौतामा नेपाल भ्रमण वर्ष सचिवालयको अफिसियल एयरलाइन्सको रूपमा टर्कीस एयरलाइन्स रहने तथा संयुक्त अधिराज्य (बेलायत), युरोप र अमेरिकाबाट सामान ढुवानीका लागि टर्किस एयरलाइन्सको प्रयोग गरिनेछ ।

त्यसैगरी अमेरिका तथा युरोपका देशहरुमा हुने ट्राभल्स एन्ड टुर्स फेयरमा नेपाल भ्रमण वर्ष र टर्किस एयरलाइन्सले संयुक्तरूपमा प्रचार प्रसार गर्ने, विदेशी पत्रकारहरुलाई नेपाल भ्रमण वर्षको समाचार सङ्कलन गर्न आउने निश्चित पत्रकारहरुका लागि हवाई भाडा व्यहोरिदिने जस्ता सम्झौताहरु भएका छन् ।

प्रतिक्रिया दिनुहोस