१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किसानका खेतमा राप्तीको पानी

अ+ अ-

बाँके । राप्ती नदीको पानी सिक्टाको पश्चिमी नहर हुँदै नेपालगञ्ज पुगाइएको छ । कोहलपुर नगरपालिका–१५ का बलिराम हरिजनलाई कुनै बेला राप्तीको पानी खेतमा ल्याएर सिँचाइ गर्ने योजना सुन्दा विश्वास मान्नै सकिँदैन्थ्यो, सपनाजस्तै लाग्थ्यो । तर त्यो सपना पूरा भएको छ । “यही जुनीमा आफ्नो खेतमा राप्ती नदीको पानी देख्न पाइयो”, उमेरले ७० कटेका हरिजनले भने।

जानकी गाउँपालिका–६ का कैलाश गडरियाले चार वर्षपछि आफ्नो खेतमा गहुँबाली लगाउनुभएको छ । सिँचाइको सुविधा नहुँदा उहाँको खेतमा गहुँ फलेको थिएन । यसपटक नहरमा सिक्टा नहरबाट राप्ती नदीको पानी आइपुग्यो । नहरमा आएको पानीलाई पप्पसेटबाट तानेर गडरियाले खेतमा सिँचाइ गरिरहनुभएको छ । “मैले गहुँखेती गर्नै छाडेको थिए, यसपटक गरेको राम्रै भयो, चार वर्षपछि मेरो खेतमा गहुँ फल्ने भयो”, खुशी हुँदै उनले भने।

कैलाशकै छिमेकी दीपेन्द्र बर्माले सात बिघा खेतमा लगाएको गहुँमा पर्याप्त पानी पुगेको छ । उनले पनि लामो समयदेखि गहुँ लगाउन छोडेका थिए । “धान त जेनतेन लगाइहाल्थ्यौँ, तर गहुँलाई मुस्किल पर्थ्यो”, बर्माले भने, “तर अहिले सिक्टाको पानी आएपछि राहत भएको छ ।” राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पानीले खेत सिँचाइ गर्ने हरिजन, गडरिया र बर्माजस्ता धेरै किसानको सपना पूरा हुँदैछ ।

पश्चिमी नहरको शाखा नहर डुडुवा हुँदै सिक्टाको पानी नेपालगञ्ज उपमहानगरपालिका–२० स्थित राँझामा पुगेको हो । डुडुवा शाखा नहर पप्पु कन्ट्रक्शनले सम्झौताअनुरुप निर्माण नगरे पनि खोलालाई मर्मत गरेर पुरानै संरचनामा पानी सञ्चालन गरिएको आयोजनाका डिभिजन इञ्जिनीयर एकराज भट्टराईले जानकारी दिए । डुडुवाको पिप्रहवास्थित खजुरा शाखाबाट चार किलोमिटर टाढा खजुरामा पनि पानी पुगेको छ ।

गत शुक्रबारदेखि नै इन्द्रपुर शाखामा पनि पानी सञ्चालन गरिएको छ । आगामी आइतबारसम्म पुरैनी उपशाखामा पनि पानी सञ्चालन गर्ने सिक्टा सिँचाइ आयोजनाको तयारी छ । खोलामा पानी सञ्चालन भएको थाहा भएपछि ठाउँठाउँमा किसानले पम्पसेटको प्रयोगबाट गहुँमा सिँचाइ गरिरहेका छन् । यही मङ्सिर १७ गतेदेखि सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूल नहरको पूरै क्षेत्र ४५ दशमलव २५ किलोमिटरमा नियमित पानी सञ्चालन भइरहेको छ ।

आयोजनाको मूल नहर र शाखा नहरमा पानी सञ्चालन गरेपछि किसानले पम्पसेटबाट नहरको पानीले सिँचाइ गरिरहेका छन् । कोहलपुर–१३ भरैया घरका शिवप्रसाद थारूले चन्नहवा क्षेत्रमा दुई पम्पसेटबाट गहुँमा सिँचाइ गरेको बताए । उनले नौ बिघा क्षेत्रफलमा गहुँखेती गर्नुभएको छ । यस वर्ष सिक्टाको पानीले पम्पसेटबाट दुई दिनमै सबै खेतमा सिँचाइ गरेको बताए ।

“पहिले–पहिले ८०÷९० क्विन्टल मात्र गहुँ फल्थ्यो, सिँचाइ सुविधा भएपछि यो वर्ष डेढ सय क्विन्टल गहुँ फल्ने आशा छ”, उनी भन्छन्, “अब नियमित सिँचाइ हुन्छ भने तीन बाली लगाउँछु, सिँचाइको अभावमा खेत बाँझै राख्नुपर्थ्यो, अब त उत्पादन पनि दोब्बर नै हुन्छ ।” उनले गत वर्ष निकै परबाट १० दिन बोरिङको पानी लगाउँदा पनि सिँचाइ पर्याप्त नभएकाले उत्पादन बढ्न नसकेको बताए ।

हाल पानी सञ्चालनमा आएपछि तीन हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पुगेको छ । पश्चिमी मूल नहरको पानी अहिले जेठी नालाबाट निकास दिइएको छ । सिक्टा सिँचाइ आयोजनाको पश्चिमी र पूर्वी नहरबाट जिल्लाको ४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने लक्ष्य लिइएको छ । आयोजनाको लागत रु २५ अर्बको रहेको छ । अहिलेसम्म ६० प्रतिशत मात्र काम सकिएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस