१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको आर्थिक अवस्थमा सुधार भइरहेको छ : मुख्यमन्त्री राई

अ+ अ-

विराटनगर ।  मानव विकास सूचाङ्कमा नेपाल १४७ औँ स्थानमा रहेको छ ।

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी)ले आज यहाँ सार्वजनिक गरेको विश्व मानव विकास प्रतिवेदन–२०१९ मा १ सय ८९ देशमध्ये नेपाल मानव विकास सूचाङ्कमा १४७ औँ स्थानमा रहेको हो । यो अफ्रिकी मुलुक केन्याको समान हो । दक्षिण एशियाली देशमा नेपाल र अफगानिस्तान सबैभन्दा पुछारमा परेका छन् ।

प्रतिवेदनअनुसार सन् १९९० देखि २०१८ सम्म नेपालको मानव विकास सूचाङ्क औषतमा शून्य दशमलव ५२ प्रतिशतले बढेको छ । त्यस्तै जन्मदरको औषत आयु १६ दशमलव एक, शिक्षाको मध्यम वर्ष २ दशमलव ८ र विद्यालय शिक्षाको अपेक्षित वर्ष ४ दशमलव ७ वर्षले वृद्धि भएको छ । प्रतिवेदन अनुसार दक्षिण एशियाली भेगको मानव विकास निकै उच्च दरले बढेको देखिएको छ ।

प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले सार्वजनिक गरेको प्रतिवेदनले एशिया प्रशान्त क्षेत्रमा मानव विकासमा उल्लेख्य सुधार हुदै गएको देखाएको छ । प्रतिवेदनले नयाँ प्रकारका असमानता, प्रविधि, शिक्षा, जलवायुजस्ता समस्याले दक्षिण एशिया प्रभावित हुने औल्याएको छ । प्रतिवेदनले सामाजिक बहिष्करण, लैंगिक विभेदलगायतका समस्या प्रगतिको बाधक भएको निष्कर्ष पनि निकालेको छ ।

सो अवसरमा मुख्यमन्त्री राईले नेपालमा आर्थिक अवस्था सुधार भइरहेको बताउँदै मानव विकास सूचाङ्कमा सुधारोन्मुख हुनु सुखद पक्ष हो भने । प्रदेश सरकार गरीबी निवारण, रोजगार सिर्जना र पूर्वाधार विकासमा उच्च प्राथमिकता दिएको बताउँदै उनले मुख्यमन्त्री युवा उद्यमशीलता कार्यक्रमका लागि प्रदेश सरकारले रु २० करोड वजेट विनियोजन गरेको जानकारी दिए ।

प्रदेश सरकार शैक्षिक र स्वास्थ्यको गुणस्तर सुधारमा पनि कार्य गरिरहेको उल्लेख गर्दै प्रदेश सरकारले सूचना र प्रविधिको उच्चतम प्रयोग गरी सरकारको काम कारवाहीलाई पारदर्शी र जवाफदेहिता बनाउनेतर्फ ध्यान दिएको छ भने । सरकार सबै किसिमको असमानतालाई हटाई समग्र क्षेत्रमा समानता ल्याउने गरी काम गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस