१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रमण वर्ष लक्षित ‘गाइडबुक’ र ‘ब्रोसर’ प्रकाशन

अ+ अ-

बनेपा । ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ नजिकिँदै गर्दा पनौतीलाई चिनाउने खालको तयारी अभियान शुरु गरिएको छ । ‘भिजिट नेपाल २०२०’ मा धेरैभन्दा धेरै पर्यटकलाई काभे्रपलाञ्चोकको पनौती नगरपालिकामा भित्र्याउन नगरपालिकाले विभिन्न योजना ल्याउने तयारी थालिसकेको पनौती पर्यटन विकास समितिले जनाएको छ ।

पर्यटन विकास समितिको आयोजनामा भएको बैठकमा पर्यटन वर्ष केन्द्रित पनौतीको चिनारीसहितको ब्रोसर र पर्यटन गाइडबुक निकाल्ने तयारीमा नगरपालिका योजनाका साथ अगाडि बढेको जानकारी दिइएको हो । नगर भ्रमणका लागि आउने पर्यटकले पनौतीको सांस्कृतिक सम्पदा, ऐतिहासिक, धार्मिक, भौगोलिक वातावरणीय अवस्थासहित त्यहाँका सबैखाले सम्भावना रहेको विषयमा उक्त गाइडबुक र ब्रोसरबाट धेरै जानकारी लिन सकिनेगरी निकाल्ने तयारीमा रहेको नगरप्रमुख भीम न्यौपानेले बताए ।

पनौती पर्यटन विकास समितिका संयोजक एवं वडा नं २ का अध्यक्ष पुरुषोत्तम अधिकारीले यही महिनाको अन्तिमसम्ममा ती सामग्री तयार भइसक्ने जानकारी दिए । “नगरपालिकाले नगरभित्रका सबै वडामा रहेको पर्यटन सम्भावित क्षेत्र वा भूगोलको पहिचान गरी गाइडबुक र पनौतीको चिनारी ब्रोसरमा समेट्ने गरी आवश्यक तयारी गर्दैछौँ”, उनले भने, “जसले गर्दा पर्यटकले एउटा गाइडबुक वा ब्रोसर अध्ययन गरेकै भरमा पनौतीको बारेमा सबै जानकारी लिन सकोस् ।”

गाइडबुकमा सकेसम्मको जानकारी सङ्कलन गरेर समेट्ने तयारीमा रहेको र यसै महिनाको अन्त्यसम्ममा ब्रोसर र गाइडबुकमा पनौतीमा प्याराग्याइडिङ, पदमार्ग, साइक्लिङ, हाइकिङलगायत पर्यटन सूचना केन्द्र तथा नगरभित्र सञ्चालनमा रहेका विभिन्न जात्रा, सांकृतिक सम्पदाका बारेमा जानकारी दिनेलगायतका जानकारीमूलक सन्देश समावेश हुने समितिले जनाएको छ ।

पर्यटन विकास समितिको छलफलमा नगरप्रमुख न्यौपाने, उपप्रमुख गीता बन्जारा, वडा नं ५ का अध्यक्ष श्रीधर उपाध्यय, वडा नं ११ का अध्यक्ष तारामान लामा, वडा नं १२ का अध्यक्ष ईश्वार जङ्गम, वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीलगायत पर्यटन क्षेत्रका विज्ञको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस