काठमाडौं । उपप्रधान, कानुन तथा संघीय मामिला मन्त्री उपेन्द्र यादवले निर्वाचन आचारसंहिता विपरीत निर्वाचन क्षेत्र पुगेर भोट मागेका छन्।
बुधबार महोत्तरीको पिपरा गाउँपालिका पुगेर मन्त्री यादवले समाजवादी पार्टी नेपालका उम्मेदवारलाई भोट मागेका हुन्।
निर्वाचन आचारसंहिताअनुसार बहालवाला मन्त्री उपनिर्वाचन हुने क्षेत्रमा आयोजित कार्यक्रममा सहभागी हुन पाउँदैनन्।
मन्त्री यादवले मंगलबार पनि भक्तपुर पुगेर भोट मागेका थिए।