४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिडिसिए कप : तीन टोली सुपर सिक्समा

अ+ अ-

बैतडी । यहाँ जारी बिडिसिए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सुपर सिक्समा पुग्ने तीन टोलीको टुङ्गो लागेको छ । लिग चरणका खेलबाट पाटन भ्याली क्रिकेट क्लब, वासुलिङ क्रिकेट क्लब र पञ्चकोटी क्रिकेट क्लब सुपर सिक्समा पुगेका हुन् ।

निङ्ग्लाशैनी खेल मैदानमा सम्पन्न खेलमा भ्यालीले महामाया क्रिकेट क्लबलार्ई ४६ रनले हराएको हो । टस जितेर ब्याटिङ गरेको भ्याली २० ओभरमा १८३ रनमा समेटियो । उसका लागि राहुल भण्डारीले ४७ रन बनाए । महामायाका लागी जयसिंह टोक्टरेले चार विकेट लिए । जवाफी ब्याटिङ गरेको महामायाले २० ओभरमा १३८ रन मात्रै बनाउन सक्यो । उसका लागि सन्तोष बिजलेको ३७ रन बनाए । भ्यालीका पारस विष्टले तीन तथा राहुल भण्डारीले दुई विकेट लिए । राहुल म्यान अफ द म्याच घोषित भएको स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिए ।

अर्को खेलमा असिमकेदार क्रिकेट क्लबमाथि १४८ रनको जित हात पार्दै वासुलिङ सुपर सिक्समा पुगको हो । पहिला ब्याटिङ गरेको वासुलिङले तीन विकेट क्षतिमा २०० रन बनायो । उसका लागि सुरेन्द्र ऐरीले सर्वाधिक ५३ रन बनाए । असिमकेदारका चक्र बडुले एक विकेट लिए । दुई सय एक रनको लक्ष्य पछ्याएको असिमकेदार ५२ रनमा समेटियो । वासुलिङका महेश ऐरीले चार विकेट लिए । उनी म्यान अफ द म्याच घोषित भए ।

यस्तै बुड्डाबाजे क्रिकेट मैदानमा सम्पन्न खेलमा त्रिपुरा सुन्दरी क्रिकेट क्लबलाई ५० रनले पाखा लगाउँदै पञ्चकोटी सुपर सिक्समा प्रवेश ग¥यो । पहिला ब्याटिङ गरेको पञ्चकोटीले डम्बर बुडालको ७२ रनको मद्दतमा चार विकेट गुमाउँदै १६६ रन बनायो । त्रिपुराका वीरेन्द्र रानाले दुई विकेट लिए । एक सय ६७ रनको विजय लक्ष्यका साथ मैदानमा उत्रेको त्रिपुरा १६ ओभरमा ११६ रनमा सीमित रह्यो । उसका लागि लोकेन्द्र थापाले ३२ रन जोडे । पञ्चकोटीका जीवन बुडालले चार तथा दिनेश बुडालले तीन विकेट लिए । बुडाल म्यान अफ द म्याच घोषित भएको जिल्ला क्रिकेट सङ्घका कोषाध्यक्ष खेमराज भट्टले बताए । जिल्ला क्रिकेट सङ्घको आयोजनामा मङ्सिर ५ गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा जिल्लाका २० टोली सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस