काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बालुवाटारमा बहालवाला र बर्खास्तीमा परेका मन्त्रीहरुको लागि रात्रि भोजको आयोजना गरेका थिए । रात्रिभोजमा बहालवाला मन्त्रीहरु र बर्खास्तीमा परेका मन्त्रीहरुलाई निम्तो गरिएको थियो । तर बर्खास्तीमा परेका मन्त्रीहरुमध्ये महासेठ मात्रै उपस्थित थिए । अन्य भने उपस्थित भएनन् ।
प्रधानमन्त्री निवासबाट निम्तो आएको तर आफूहरु बेफुर्सदी भएकाले जान नसकेको उनीहरुले बताएका छन् । कोही कोठा मिलाउन र कोही कोठा खोज्नमै व्यस्त भएकाले भोजमा जान नभ्याएको उनीहरुको भनाइ रहेको छ ।
प्रधानमन्त्री ओलीले बहालवाला र जिम्मेवारी मुक्त भएका सम्पूर्णलाई दम्पतीसहित भोजमा आउन निम्तो दिएका थिए । बहालवाला मन्त्रीहरु मात्रै भोजमा उपस्थित भए । बेलुका ६ बजे सुरु भएको भोज राति ८ बजे सकिएको थियो ।