४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विमानस्थल स्तरोन्नतिमा बजेटको कमी हुँदैन : मन्त्री भट्टराई

अ+ अ-

धम्बोझी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालगञ्ज विमानस्थलको विकास तथा स्तरोन्नतिका लागि बजेटको कुनै कमी नहुने बताएका छन् । आज नेपालगञ्ज विमानस्थल विकासका लागि आयोजना गरिएको छलफल कार्यक्रममा मन्त्री भट्टराईले अन्तरराष्ट्रि«य विमानस्थल निर्माणको गुरुयोजना बनाएर अघि बढेमा पर्यटन वर्षमा धेरै पर्यटक भित्र्याउन सकिने बताए ।

मन्त्री भट्टराईले नेपालगञ्ज–दिल्ली उडान प्राथमिकतामा रहे पनि भारतका तर्फबाट प्राविधिक काम नटुङ्गिएका कारण तत्काल सम्भव हुन नभए पनि त्यसको प्रयास भने भइरहेको उल्लेख गरे ।

सो अवसरमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक राजन पोखरेलले नेपालगञ्ज विमानस्थलको गुरुयोजना तयार गरिएको बताए । उनले भने, “पहिलो चरण र दोस्रो चरणका काम अहिले धमाधम भइरहेका छन् । रनवे विस्तार, टर्मिनल भवनलगायतका काम गर्न जग्गा अधिग्रहणको काम चाँडै शुरु हुनेछ ।”

दैनिक ४० सरदर उडान हुँदै आएको नेपालगञ्ज विमानस्थलमा झण्डै एक हजार १०० यात्रुलाई दैनिक सुविधा पुगेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलपछिको सबैभन्दा व्यस्त नेपालगञ्ज विमानस्थलका लागि नयाँ गुरुयोजनाअनुसार अगाडि बढ्दा १०० बिघा जग्गा थप आवश्यक पर्ने सो अवसरमा जानकारी दिइयो । हाल १६६ बिघा क्षेत्रफल रहेको नेपालगञ्ज विमानस्थलका लागि थप १०० बिघा जग्गा अधिग्रहण गरेपछि मात्र प्रस्तावित अन्तरराष्ट्रिय विमानस्थलका लागि जग्गा पर्याप्त हुने जनाइएको छ ।

मन्त्री भट्टराईले आजै व्यावसायिक क्षेत्रका विभिन्न व्यक्तिहरुसँग समेत भेटघाट गरेका छन् । उनी आज नेपालगञ्जका विभिन्न कार्यक्रममा सहभागी रहेका छन् । बिहान नेपालगञ्ज म्याराथनको उद्घाटन कार्यक्रममा सहभागी भएपछि उहाँले वाटरपार्क परियोजनाको निरीक्षणसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस