४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१३ औँ साग : आठ खेलमा ६६२ खेलाडी सहभागी हुने

अ+ अ-

कास्की । आगामी १३ औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा सञ्चालन हुने आठ खेलमा ६६२ खेलाडी सहभागी हुने भएका छन् । मङ्सिर १५ गते देखि २४ सम्म आयोजना हुने सागमा २७ खेल समावेश गरिए पनि नेपालबाहेक अन्य देशबाट खेलाडी दर्ता नहुँदा प्याराग्लाइडिङ प्रतियोगिता नहुने निश्चित भएको छ ।

जम्मा २६ खेलमध्ये पोखरामा हुने आठ खेलका लागि सार्क राष्ट्रबाट महिला ४०१ र पुरुष २६१ जनाको सहभागिता रहने साग पोखरा प्रचारप्रसार संयोजक केशव पाठकले जानकारी दिए । प्रतियोगितामा १७२ अफिसियल सहभागी हुँदैछन् । आयोजक नेपालको आठवटै खेलमा सहभागिता रहने छ जसमा ५२ पुरुष र १०२ महिला तथा ३० अफिसियल सहभागी हुँदैछन् ।

मालदिभ्स्ले आर्चरी, भारोत्तोलन र ट्रायथोलनमा सहभागिता जनाएको छैन । पाँच खेलमा महिला ६१ र पुरुष २६ खेलाडी तथा २९ अफिसियलको सहभागिता रहेको छ । भारतले आर्चरी र क्रिकेटबाहेकका प्रतियोगितामा सहभागिता जनाउँदैछ । भारतबाट ४१ पुरुष र ६१ महिला सहभागी हुँदैछन् ।

बङ्गलादेशबाट छ खेलका लागि पुरुष ४४, महिला ५५ र ३० अफिसियल रहेका छन् । बङ्गलादेशले महिला फुटबल र ट्रायथोलनमा सहभागिता जनाएको छैन । पाकिस्तानले महिला फुटबल, महिला क्रिकेट र ट्रायथोलनबाहेकका प्रतियोगितामा पुरुष ३८, महिला ३५ र अफिसियल २१ सहभागी गराउँदैछ ।

श्रीलङ्काले आठवटै प्रतियोगितामा पुरुष ४६, महिला ८१ र अफिसियल ३३ जनाको सहभागिता जनाउनेछ । भुटानले ह्याण्डबल, महिला फुटबल, बिच भलिबल र ट्रायथोलनमा सहभागिता जनाएको छैन । भुटानबाट चार खेलका लागि पुरुष १४, महिला छ र अफिसियल चार गरी २४ मात्र सहभागी हुँदैछन् ।

पोखरामा हुने आठ खेलमध्ये ब्याडमिन्टन १५ गतेबाट ब्याडमिन्टन कभर्डहलमा हुनेछ । महिला क्रिकेट १६ गते पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदान तथा आर्चरी १६ गतेबाट शुरु हुनेछ । ट्रायथोलन १६ गतेबाट शुरु हुनेछ । महिला÷पुरुष ह्याण्डबल १८ गते तथा बीच भलिबल, भारोत्तोलन र महिला फुटबल ९ गते बाट शुरु हुनेछ ।

बिच भलिबल बाराहीघाटस्थित बीच भलिबल कोर्टमा हुनेछ । भारोत्तोलन माटेपानीस्थित केसी क्याटरिङको हलमा हुनेछ । फुटबलका लागि गौरी शङ्कर खेल मैदान पोखरा–२५, गोस्तेघाट लामाचौर र नेपाली सेनाको पश्चिम पृतना विजयपुरमा अभ्यासस्थल तोकिएको छ । क्रिकेटको अभ्यासस्थल नगर विकास प्रशिक्षण केन्द्रलाई तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस