सत्तामा हुँदा पनि कालापानीको विषय उठाएकै हुँ : सभापति देउवा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सत्तामा हुँदा पनि कालापानीको विषय उठाएकै हुँ : सभापति देउवा


३० कार्तिक २०७६, शनिबार


भीमदत्तनगर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफू सत्तामा रहँदा कालापानीको विषय जोडदाररूपमा उठाएको बताएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा आज आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले वर्तमान सरकारले लिपुलेक, कालापानीलगायत सीमा अतिक्रमणका विषय शसक्तरुपमा उठान नगरेको आरोप लगाए ।

“कालापानी नेपालको भू–भाग हो”, उनले भने, “मैले बेला–बेला कालापानीको विषय उठाउँदै आएको छु ।” महाकाली सन्धीमा महाकाली नदी सीमा नदी उल्लेख गरिएको दाबी गर्दै उनले महाकालीको पानी पनि आधा–आधा हुने सन्धीमै स्पष्ट रहेको बताए ।

प्रतिक्रिया दिनुहोस