२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडीमा निर्वाचन अधिकृत तोकिए

अ+ अ-

बैतडी । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि बैतडीमा पनि निर्वाचनको माहोल तातेको छ । विभिन्न राजनीतिक दलहरुले आफ्ना उम्मेदवारको टुङ्गो लगाउँदै छन् भने जिल्ला निर्वाचन कार्यालयले पनि आफ्नो आन्तरिक तयारी थालेको छ ।

निर्वाचन आयोगले बैतडीमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतसमेत तोकेको छ । जिल्ला अदालत बैतडीका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको छ । यसका साथै टेकबहादुर थापा र टेकराज जोशी निर्वाचन अधिकृत नियुक्त गरिएको बैतडीका निर्वाचन अधिकारी माधव फुँयालले जानकारी दिए । मुख्य निर्वाचन अधिकृत रहेका भण्डारीलाई सुर्नयामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको हो भने दोगडाकेदारमा टेकबहादुर थापा र पुर्चौडीमा टेकराज जोशीलाई निर्वाचन अधिकृत तोकिएको हो ।

बैतडीको दोगडाकेदार गाउँपालिका–४, पुर्चौडी नगरपालिका–४ र सुर्नया गाउँपालिका–१ का उपनिर्वाचन हुँदैछ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरिएसँगै कात्तिक २० गते सम्बन्धित स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र निर्वाचनसम्बन्धी गतिविधि अगाडि बढाउने भएका छन् ।

यसैबीच उपनिर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले तीनवटै वडामा आफ्ना उम्मेदवार छनोट गरिसकेको छ भने नेपाली कांग्रेसले दोगडाकेदार–४ मा मात्रै आफ्ना उम्मेदवार सिफारिस गरेको छ । यसका साथै अन्य साना दलले पनि उम्मेदवार छनोटका लागि आन्तरिक तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस