३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठूला पसलकै मिठाई गुणस्तरहीन

अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ठूला मिठाई पसलबाट उत्पादन भएका मिठाइजन्य खाद्यवस्तु गुणस्तहीन पाइएका छन् ।

शुक्रबार महानगरपालिकाको कृषि तथा पशु सेवा विभागले गरेको अनुगमनका क्रममा मिठाई पसलमा लेवल नराखिएका वस्तु बेच्न राखिएको, मिठाई बनाउने सामान गुणस्तहीन र सफाइमा ध्यान नदिएकोजस्ता समस्या पाइएको हो । अनुगमनका क्रममा सुन्धारामा रहेको गुलाब मिठाई पसलबाट २६ किलोे र वाग्मती स्वीटबाट १० किलो मिठाई बनाउने पिठोमा साङ्ला भेटिएको करीब १६० मिठाइ नष्ट गरिएको छ ।

अनुगमन टोलीले उक्त मिठाई पसललाई सरसफइसँगै विवरणसहितको ट्याग राखेर मात्र बिक्री गर्न निर्देशन दिनुका साथै थप कारवाही प्रक्रिया अघि बढाउने जनाएको छ । जनस्वास्थ्यमा गम्भीर समस्या सिर्जना हुनसक्ने खानेकुरा उत्पादन र बिक्री गर्नेमाथि नियमित निगरानी गर्ने बताउँदै कृषि तथा पशु सेवा विभागका प्रमुख हरिबहादुर भण्डारीले तिहारका समयमा बिक्री हुने दूधजन्य खाद्यवस्तु, सुक्खा प्याकिङ गरिएका बदाम, काजु, किसमिसजस्ता प्याकिङ फुड, तरकारी, फलफूल र फूलको बजारमा गुणस्तर तथा मूल्यलाई केन्द्रमा राखेर अनुगमन गरिएको बताए ।

नेपालको संविधान, २०७२ को अनुसूची ८ ले उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमनको जिम्मेवारी स्थानीय तहलाई तोकेको छ । अनुगमनका क्रममा वस्तु वा सेवाको उत्पादनस्थल वा भन्सार विन्दु, ढुवानी मार्ग, भण्डारण तथा सञ्चयस्थल, थोक तथा खुद्रा बिक्री स्थल, उपभोगस्थललगायतका ठाउँ वस्तु वा सेवा प्रदायक, बिक्रेताको व्यावसायिक कारोवारको दर्ता, नवीकरण, आपूर्ति, मूल्य, गुणस्तर, नापतौल, विज्ञापनजस्ता व्यापारिक क्रियाकलाप हेरिन्छ ।

उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३९ अनुसार निरीक्षण, जाँचबुझ वा खानतलासीका क्रममा तत्काल प्राप्त प्रमाणबाट वस्तुको उत्पादक, ढुवानीकर्ता, पैठारीकर्ता, बिक्रेता वा सेवा प्रदायकले अनुगमनका क्रममा कसुर गरेको देखिएमा निरीक्षण अधिकृतले तत्काल रु पाँच हजार बढीमा रु तीन लाख जरिवाना गराउने सक्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस