काठमाडौं । मित्रराष्ट्र चीनको उहानमा संचालन भईरहेको सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा नेपाली सेनाकी तुलसा खत्रीले Track and Field अन्तर्गत संचालन भएको महिलातर्फको 400 मिटर दौडमा राष्ट्रिय किर्तिमान राख्न सफल भएकी छन् ।
उनले उक्त दुरी 59.57 सकेण्डमा पुरा गरी यस अघिको 59.90 सकेण्डको राष्ट्रिय रेकर्ड तोडेकी हुन् । खत्रीले 9 वर्ष अगाडी सन् 2010 प्रमिला रिजालले राखेको रेकर्ड तोडेकी हुन्। उक्त दौडमा 21 देशका प्रतिस्पर्धीले भाग लिएका थिए ।