३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिरामीको विश्वास जित्दै सरकारी अस्पताल

अ+ अ-

डोटी । जिल्ला अस्पताल डोटीले पछिल्लो समय सेवाग्राहीको विश्वास जित्दै आएको छ । डोटी जिल्लाका मात्र नभएर जिल्लाभन्दा बाहिरका बिरामी पनि उपचारका लागि उक्त अस्पतालमा आउने गरेका छन् ।

अस्पतालले प्रसूति शल्यक्रियामा सुदूरपश्चिमको पहाडी जिल्लामा सेवाग्राहीको विश्वास जितेको अस्पताल प्रशासनको दाबी छ । छिमेकी जिल्ला अछाम, डडेल्धुरा र बाजुराबाट समेत शल्यक्रियाका लागि बिरामी आउने गरेको जिल्ला अस्पताल डोटीका डाक्टर गिरिष अवस्थीले बताए । उनले भने, “पछिल्लो समय हामीसँग उपकरण, चिकित्सक र औषधि उपलब्ध भएकाले हामीले सेवाग्राही बिरामीको रोग निको पार्न सफल भएका छौँ, त्यसैले पनि बिरामीको सङ्ख्या थपिँदै गएको हो ।”

डडेल्धुराको उपक्षेत्रीय अस्पातलमा सम्भव नभएपछि अमरगढी नगरपालिका–८ की हमेन्ती ओझा केही समय पहिले जिल्ला अस्पताल डोटीमा आएका थिए । सुदूरपश्चिमको पहाडी जिल्लाको रिफरल हस्पिटलका रुपमा रहेको उपक्षेत्रीय अस्पातलमा नसकिएको प्रसूति डोटी अस्पतालमा सफल भएपछि उनी हालै घर फर्किएका छन् । चिकित्सक नभएका कारण उपचार सम्भव नभएको भन्दै उनलाई डोटी सिफारिश गरिएको थियो । उपचार सफल भएपछि अहिले जिल्ला अस्पतालमा बिरामीको भीड लाग्ने गरेको डा अवस्थीले दाबी गरे।

उनले थप भने, “डडेल्धुराले डोटी पठायो, उपचार हुन्छ कि हुँदैन भन्ने चिन्तामा थियौँ, तर उपचार सफल भएको छ ।” ओझाको जिल्ला अस्पताल डोटीमा शल्यक्रियाबिना नै प्रसूतिको सफल उपचार भएको जिल्ला अस्पताल डोटीले जनाएको छ । जिल्ला अस्पताल डोटीमा एक वर्षमा ६८ को प्रसूति शल्यक्रिया सफल गरिएको अस्पतालका प्रमुख तथा डा भुषण मिश्रले जानकारी दिए । सहज तरिकाले बच्चा पाउन नसकेका महिलाको शल्यक्रियामार्फत बच्चा निकालिएको उनले बताए । ३० महिलाले पहिलो बच्चा पाउँदा पनि शल्यक्रिया गरेको र उनीहरुको पुनः दास्रोपटक शल्यक्रिया गरिएको जिल्ला अस्पतालका डा गिरिष अवस्थीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस