४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यक्ष कप फुटबल प्रतियोगिता बुधबारदेखि

अ+ अ-

ललितपुर । ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने मूल नाराका साथ दक्षिण ललितपुरको वाग्मती गाउँपालिकामा बुधबारदेखि पहिलोपटक अध्यक्षकप फुटबल प्रतियोगिता हुन लागेको छ ।

वाग्मती खेलकूद विकास समिति र सो गाउँपालिकाको आर्थिक सहयोगमा आयोजना हुन लागेको उक्त प्रतियोगिता यही असोज २९ गतेदेखि आगामी कात्तिक ६ गतेसम्म आठ दिन चल्ने भएको छ ।

सो गाउँपालिका–४ प्युटारको खयरघारीमा हुन लागेको प्रतियोगितामा वाग्मतीका ११, कोञ्ज्योसोम गाउँपालिकाका–२ र बकैया गाउँपालिका मकवानपुरका पाँच गरी कूल १८ टोलीको सहभागिता रहने गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन तामाङले जानकारी दिए ।

‘यो प्रतियोगिताले मुलुकमा खेलकूद विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा युवाको प्रतिभा उजागर गर्न सहयोग पुर्‍याउनेछ’, अध्यक्ष तामाङले भने, ‘हामीले यस प्रतियोगितालाई भव्यताका साथ अघि बढाउन खुलारुपमा इच्छुक व्यक्तिको निवेदन आह्वान गरेका थियौँ ।’

सो प्रतियोगितामा प्रथम हुने विजेतालाई रु एक लाख, द्वितीय हुने विजेतालाई रु ५० हजार र सान्त्वना पाउने दुई टोलीलाई रु २०/२० हजारसहित शिल्ड, पदक, प्रमाणपत्र र कदरपत्र दिइने कार्यक्रमका संयोजक बुद्धराज नेगीले जानकारी दिए। ‘हामीले ठूलो धनराशिको पुरस्कार राखेर प्रथमपटक यो प्रतियोगिता आयोजना गर्न लागेका हौँ’, नेगीले भने, ‘स्थानीय कलाकारको सीपलाई प्रदर्शन गर्न खेलकूदको साथमा कराते प्रतिभा पनि देखाउने भएका छौँ ।’ रासस

प्रतिक्रिया दिनुहोस