३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गान्धी विकेन्द्रीकरणको पहिलो प्रवक्ता : सभापति देउवा

अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महात्मा गान्धी गाउँलाई प्राथमिकतामा राखेर विकास गर्नुपर्छ भन्ने विकेन्द्रीकरणको पहिलो प्रवक्ता भएको बताएका छन् ।

एक सय ५०औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा उनले आज गाउँमा सुविधा नपाएर शहरमा जनसङ्ख्याको चाप बढेको उल्लेख गर्दै यसबारेमा गान्धीको दूरदर्शी विचार रहेको बताए ।

आन्दोलनका क्रममा गान्धीले चर्खाबाट आफैँ कपडा उत्पादन गरी अङ्ग्रेजले उत्पादन गरेका कपडा बहिष्कार गरेको र शान्ति तथा अहिंसाकै माध्यमबाट शक्तिशाली अङ्ग्रेज शासकलाई भारतबाट हटाउन सफल भएको प्रसङ्गसमेत सभापति देउवाले उल्लेख गरे ।

कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गान्धीले मानव हृदयलाई प्रभावमा पारेर समाजमा परिवर्तन ल्याउन सफल भएको र विश्वलाई शान्तिको पथमा हिँड्ने प्रेरणा दिएको उल्लेख गरे । उनले कांग्रेसले शान्ति र अहिंसाकै माध्यमबाटै माओवादीको सशस्त्र द्वन्द्वको समाधान गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले नेपालमा अहिलेको राजनीतिक उपलब्धि पनि शान्ति र अहिंसाकै माध्यमबाट प्राप्त भएको बताउँदै प्राप्त उपलब्धिमाथि देखिएका खतराको सामना गर्न सम्पूर्ण नेपाली जनता जागरुक हुनुपर्ने धारणा व्यक्त गरे ।

कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आजको विश्व राजनीतिमा गान्धीको प्रेरणाको महत्व थप बढेको चर्चा गरे । भारतीय कांग्रेसका नेता एवं भारतका पूर्वविदेशमन्त्री सलमान खुर्शिदले गान्धीले कठिन परिस्थितिमा पनि आत्मविश्वासका साथ ठूलो निर्णय लिन सफल भएको चर्चा गर्दै शान्तिबिना विकास नहुने बताए ।

भारतीय जनता पार्टीका प्रवक्ता विजय सोनकर शास्त्रीले नेपालमा ‘सी पथ’ को बहसबारे टिप्पणी गर्दै ‘सी पथ’ ले नेपालमा ठूला भवनको निर्माण भए पनि मानव विकास र मानवताका लागि भने ‘जी पथ’ अर्थात् गान्धी पथ नै आवश्यक पर्ने टिप्पणी गरे । नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले गान्धी भारतमा जन्मे पनि विश्वका लागि शान्ति र अहिंसाका प्रेरणाको स्रोत बनेको धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस