३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानसिक स्वास्थ्यका लागि दश किलोमिटर दौड

अ+ अ-

डोटी । डोटी जिल्ला सदरमुकाम सिलगढीमा मानसिक स्वास्थ्यका लागि दश किलोमिटर दौडको शुभारम्भ भएको छ ।

स्वास्थ्य कार्यालय डोटीले आयोजना गरेको दौड कार्यक्रमको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले मङ्गलवार एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।

दौड जिल्ला प्रहरी कार्यालयदेखि दिपायलको द्धारीखोलासम्म हुने छ । मानिसले शारीरिक र मानिसिक रूपमा स्वस्थ्य रहन नियमित व्यायाम आवश्यक रहेकोले यो कार्यक्रमको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

उनले भने, ‘मानिस जब शारीरिक र मानसिक रूपमा स्वास्थ्य रहन्छ तब मात्र स्वस्थ्य मानिस भन्न मिल्छ, पछिल्लो समयमा धेरै मानिस शारीरिक रूपमा तन्दुरुस्त भए पनि मानसिक रूपमा डिप्रेसनको सिकार हुने गरेको छन्, मानसिक स्वास्थ्य सबैका लागिल आवश्यक छ ।’

मानसिक रोगीका सङ्ख्या दिनानुदिन बढीरहेको अवस्थामा मानसिक स्वास्थ्यको सवाल पनि महत्त्वपूर्ण सवाल हो । मानसिक स्वास्थ्यको जानकारी गराउन र अक्टोबर दश (असोज २३ गते) हुन गइरहेको विश्व मानसिक स्वास्थ्य दिवसको पूर्वसन्ध्याको अवसरमा दौड कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।

उनले भने,‘मानसिक स्वास्थ्य हाम्रो महत्त्वपूर्ण सवाल हो यस सवालको विषयमा सबै निकाय संवेदनशील हुनुपर्छ यसलाई जिल्लाव्यापी रूपमा अभियानको रूपमा लैजानु पर्छ ।’

शारीरिक र मानसिक रूपमा स्वस्थ्य रहन नियमित रूपमा दौड एवं शारीरिक व्यायाम आवश्यक रहेको जिल्ला अस्पताल डोटीका एम डी. जी. पी डा. ग्रिस अवस्थीले बताए । उनले भने,‘मानिस शारीरिक रूपमा स्वस्थ्य अस्वस्थ्य रहको कुरा शारीरिक रूपमा देखिए पनि मानसिक रूपमा के कस्तो छ भन्ने कुरा बाहिरबाट शरीर हेरेर देखिन्न उसले गर्ने व्यवहारले देखाउँछ त्यसैले मानसिक स्वास्थ्यको सवाल स्वास्थ्य भित्रको एक महत्त्वपूर्ण सवाल हो ।’

कुनै पनि मानिस मानसिक रूपमा स्वस्थ्य भए मात्र अरू काम गर्न सकिने भएकाले सन्देश पवाह गर्न दौड कार्यक्रमको आयोजना गरिएको समान पहुँच विकास केन्द्रका अध्यक्ष शेर बहादुर मल्लले बताए । उनले भने,े ‘स्वास्थ्य भन्ने विषय समग्रमा जनाउने भए पनि मानसिक स्वास्थ्यको सवालले कम प्राथमिकता पाउने गर्दछ त्यसैले यस विषयवस्तुलाई प्राथमिकताका साथ अगाडी बढोस् भन्ने हेतुले अभियानको सुरुवात गरिएको हो ।’

युएम एन डोटी, समान पहुँच विकास केन्द्र र दिपायल सिलगढी नगरपालिकाले समन्वय गरेको सिलगढी देखि दिपायल सम्म दौड कार्यक्रम पीपल्ला बजार बसपार्कमा पुगी कोण सभामा परिणत भई कार्यक्रमको समापन गरिने आयोजक संस्थाले जनाएको छ ।

दौड कार्यक्रममा डोटी जिल्ला स्थित सरकारी गैरसरकारी सङ्घ संस्थाका कार्यालय प्रमुखहरू, नागरिक समाज, पत्रकार, मानबअधिकारकर्मि, स्वास्थ्य कर्मि स्थानीय बासीलगाएको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस