२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यथार्थ बुझेर मात्रै पत्रकारले समाचार लेख्नुपर्छ : मन्त्री बाँस्कोटा

अ+ अ-

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जुनसुकै विषयमा पनि यथार्थ बुझेर मात्रै समाचार लेख्नुपर्ने बताएका छन्। नेपाल पत्रकार महासंघ जिल्ला शाखाको बनेपामा नवनिर्मित भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले समाचार सन्सनी बनाउने नाममा मिथ्या समाचार सम्प्रेषण गरिएकामा रोष प्रकट गरे ।

उनले भने, ‘समाचार सन्सनी बनाउने नाममा तथ्यहीन समाचार सम्प्रेषण गर्ने प्रवृत्ति हटेको छैन, यसमा विशेष ध्यान पुर्‍याउनु होला ।’ आफूले सत्यतथ्यमा आधारित सकारात्मक समाचारको अपेक्षा गरेको उनले बताए । मन्त्री बाँस्कोटाले केही समयअघि रुपन्देहीबाट अर्घखाँची जाँदै गर्दा उपप्रमुखको गाडीमा आएर मयुर ठोक्किएको प्रसङ्ग निकाल्दै त्यस विषयलाई सनसनीपूर्ण बनाउन ‘भ्रामक’ समाचार सम्प्रेषण गरिएको उल्लेख गरे ।

‘भ्रामक समाचार सम्प्रेषण गर्दा के हुन्छ, अब विचार पुर्‍याउनुहोला’, उनले भने । गलत अर्थ दिने समाचार शीर्षक नबनाउन र जनताले विश्वास गर्नेगरी पत्रकारिता गर्न सञ्चारकर्मीलाई उनले सुझाव दिए । मन्त्री बाँस्कोटाले नेपाल पत्रकार महासंघको माग सञ्चार मन्त्रालयले पूरा गरिरहेको उल्लेख गर्दै ‘मिडिया हाउस’ले न्यूनतम पारिश्रमिक दिए नदिएका बारे पत्रकार महासंघले अनुगमन थालेकामा खुशी व्यक्त गरे ।

उनले भने, ‘अब नजिकिएको चाडपर्व दशैँमा पनि श्रमजीवी पत्रकारलाई पारिश्रमिक नदिने मिडिया हाउसमा गएर धर्ना बस्नुस्, अनि म महासंघलाई स्याबासी दिउँला ।’ महासंघले आफ्ना श्रमजीवीको अवस्थाप्रति कडा अनुगमनमा लाग्नुपर्नेमा सरकारलाई ख्याउँख्याउँ मात्रै गरेको उनको आरोप थियो । उनले आमसञ्चार विषयक विधेयक पारित भएपछि मात्रै सञ्चार प्रतिष्ठान बन्ने स्थानको निक्र्यौल हुने बताए ।

मन्त्री बाँस्कोटाले आजै पाँचखाल नगरपालिका–१२ देवभूमि बालुवास्थित आजाद माध्यमिक विद्यालयको अभिभावक भेला एवं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले गरीबी निवारण गर्नका लागि रोजगारी सिर्जना, सीप, विकास, प्राविधिक शिक्षा तथा जीवनलाई सजिलो बनाउन सेवा क्षेत्रलाई प्रभावकारी बनाउने कार्यक्रम ल्याएको बताए ।

यसैगरी आजै उनले खानीखोला गाउँपालिकास्थित खुशी समाज युवा क्लबको पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै भ्रष्टाचारविरुद्ध सरकारसँगै जनता पनि लाग्नुपर्ने बताए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य गङ्गाबहादुर दोङ, प्रदेशसभा सदस्य चन्द्र लामा र गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खुलालले शुभकामना व्यक्त गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस