सशस्त्र प्रहरी हवल्दार घुस रकमसहित रंगेहात पक्राउ « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सशस्त्र प्रहरी हवल्दार घुस रकमसहित रंगेहात पक्राउ


प्रशासन संवाददाता

१० आश्विन २०७६, शुक्रबार


घुस

बुटवल । पश्चिम नवलपरासीको सशस्त्र प्रहरी बल, बेस क्याम्प सेमरीमा कार्यरत सहायक हवल्दार घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल वेश क्याम्प सेमरीमा कार्यरत ज्ञानेन्द्र मौर्य ७ हजार घुस रकमसहित पक्राउ परेका हुन्।

मौर्यलाई शुक्रबार दिउँसो २:१५ बजेको समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो।  प्रतापपुर गाउँपालिका वडा नं. २ स्थित नौलो किराना पसलमा घुस लिँदै गर्दा उनी पक्राउ परेका थिए।

घुससहित पक्राउ परेका मौर्यलाई थप अनुसन्धानको लागि नियन्त्रणमा लिएको अक्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस