३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालो दिन भन्नेको मन कालै रहेछ : नेता रावल

अ+ अ-

काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावलले वर्तमान लोकतान्त्रिक संविधान जारी भएको दिनलाई कालो दिन भन्नेको मन कालै भएको बताएका छन् ।

राष्ट्रिय पोशाक संरक्षण महाअभियान जिल्ला कमिटीद्वारा संविधान दिवसको अवसरमा आज बनेपामा आयोजित ‘औपचारिक राष्ट्रिय पोशाक घोषणामा आम नागरिकको भूमिका’ विषयक विचार गोष्ठीमा नेता रावलले नागरिकतासम्बन्धी अन्तरिम संविधानको कुरा उठाउने र प्रतिनिधिसभा राज्य व्यवस्था समितिमा २०६३ सालको अन्तरिम विधेयकअनुसार दिनुपर्ने भन्नेले वर्तमान संविधान जारी भएको दिनलाई कालो दिन भनेको बताए । उनले नेपाली कांग्रेसले तत्कालीन अन्तरिम संविधानअनुसार जारी विधेयकबाट नागरिकता दिनुपर्ने कुरा नाजायज भएको बताए ।

‘पश्चगामी र नेपालीको अहित हुने दिशातर्फ मुलुक जानुहुँदैन, अझै गलत र अवैध तरिकाले नागरिकता दिइएको पाइए तत्काल खारेज गर्नुपर्छ’, उनले भने । विदेशीलाई नेपालमा ल्याएर नेपालीलाई अल्मल्याउने षडयन्त्र भइरहेको नेता नेपालको आरोप थियो ।

नेता रावलले आफू गृहमन्त्री हुँदा नेपाल र नेपालीको पहिचान बोकेको दौरा सुरुवाल र गुन्यू चोलीलाई पुनः राष्ट्रिय पोशाकको रुपमा पुनःस्थापित गर्ने निर्णयलाई तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले उल्ट्याएको बताए ।

नेपाली सेनाका पूर्वप्रधानसेनापति रुक्माङ्गद कटुवालले हरेक राष्ट्रको आ–आफ्नो राष्ट्रिय पहिचान भएको चर्चा गरे। भाषा, संस्कृतिअनुसार पहिचान दिलाउन सकिने उनको भनाइ थियो ।

उनले भने, ‘नेपाली हुँ भनेर चिनाउने हजारौँ पहिचान छन्, सबैले रुचाउने विषयलाई राष्ट्रिय पहिचान बनाउनुपर्छ ।’ प्रदेशसभा सदस्य वसुन्धरा हुमागांई, मण्डन देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइवा, बनेपा नगरपालिका उपप्रमुख रेखा दाहाललगायतले राष्ट्रिय पोशाक संरक्षण महाअभियानलाई देशव्यापी बनाउन सुझाव दिए । अभियानका केन्द्रीय अध्यक्ष विवश घिमिरे र जिल्ला संयोजक नवराज घिमिरेले आफूहरुको अभियानमा साथ दिन सबैसँग आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस