१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेजन क्षेत्रमा डढेलोको समस्या चर्चा गरिएजस्तो छैन : ब्राजिल

अ+ अ-

रियो दि जेनेरियो । ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले अमेजन क्षेत्रको डढेलोको समस्या अहिले ‘मानिसहरूले चर्चा गरेजस्तो नरहेको’ बताएका छन् ।

अमेजन क्षेत्रमा डढेलोबारे विश्वव्यापीरूपमा चासो व्यक्त गरिएको चासोलाई सम्बोधन गर्दै राष्ट्रपति बोल्सोनारोले पत्रकारसँगको कुराकानीमा भने, ‘हाम्रा एकाईहरूले उक्त क्षेत्रमा डढेलो नियन्त्रणमा ल्याउन काम शुरू गरिसकेका छन् । अहिले जङ्गलमा आगो विश्वव्यापीरूपमा चर्चा गरिएजस्तो विकरालरूपमा फैलिएको छैन । डढेलोको वन क्षेत्रमा नभै स्थानीयद्वारा पहिल्यै फडानी गरिएको खाली क्षेत्रमा बढी प्रभाव परेको हो ।’

ब्राजिलमा यसबर्ष औषत सङ्ख्यामा नै डढेलोका घटना भएका राष्ट्रपतिले बताए । उनले भने, ‘विगत केही बर्ष यता हेर्दा यस बर्ष डढेलोका घटना कम भएका सरकारी मूल्याङ्कन रहेको छ ।’

‘विश्व समुदायको ध्यानाकर्षण भएको जङ्गल क्षेत्रको डढेलो अहिले सामान्य बन्दै गइरहेको छ ।’

यद्यपि ब्राजिलको नेशनल इन्स्टिच्युट फर स्पेश रिसर्चले ब्राजिलमा जनवरीदेखि अगस्टबीचको तथ्याङ्क हेर्दा यो समयमा डढेलोको समस्या ८२ प्रतिशतले वृद्धि भएको र यसको आधा भाग अमेजन क्षेत्रको औषत धेरै बर्षा हुने घना जङ्गलमा लागेको पाइएको उल्लेख छ ।

अमेजनको अत्यधिक बर्षा हुने जङ्गलको ६० प्रतिशत भूभाग ब्राजिलमा पर्छ । बाँकी ५५ लाख वर्गकिलोमिटर जङ्गल दक्षिण अमेरिकामा पर्छ । अमेजन क्षेत्रमा भएको डढेलोलाई लिएर विश्वभरका वैज्ञानिक, वातावरणविद् तथा वन्यजन्तुविद्ले चासो व्यक्त गरेपछि यसको चर्चा विश्वभर फैलिएको हो । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस