२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यवहारले सही सावित गर्‍यो भने त्यो सिद्धान्त जीवनदर्शन हुन सक्दछ : नेता नेपाल

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले सरकारका कामकारबाही अलोकप्रिय बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । पूर्व सांसद मञ्च नेपालको १९ औँ साधरण सभालाई मंगलबार राजधानीमा सम्बोधन गर्दे नेता नेपालले नेपालीले दु:ख पाउने र विदेशी आएर रमाउने तरिका नअपनाउन सरकारलाई सचेतसमेत गराएका छन् ।

नेपालमा गर्न लागिएको भारतीय सिने अवार्डलाई लिएर भएका विभिन्न टिप्पणीहरुको सन्दर्भमा उनले आफ्नो मुलुकका लागि हुने लाभ हानीको विश्लेषण गरी निर्णय गर्नुपर्ने धारणा राखे । उनले भने, “आफ्नो देशको साधनहरु संयन्त्रहरुलाई प्रतिकूल असर नपरोस् भनेर सोच्नुपर्छ । राष्ट्रिय पूँजी मासिएर विदेशी पूँजीहरु फस्टाउने । नेपालीहरुले दुख पाउने विदेशीहरुले रमाउने, त्यस्तो तरिका अपनाउने होइन । नेपालको उद्योगधन्दाहरु धरासायी हुने विदेशीहरुका उद्योगहरु एकदम लहलहाउने स्थिति होइन ।”

सरकारले पूर्वाधार विनाका योजना घोषणा, मनपरि नियुक्ति अवकासलगायत क्रियाकलापका कारण जनतामा असन्तुष्टि बढ्दै गएको बताएका हुन् । न्यूनतम पुर्वाधारबिना नै विदेशी मुलुकको विकासको नक्कल गर्दा समस्या श्रृजना भएको टिप्पणी उनले गरे । व्यवहारमा पुष्टि नहुने सिद्धान्त सही सिद्धान्त नहुने भन्दै उनले परिर्वतनको आवश्यकता औँल्याए । उनले नेतृत्वले सधै विचारमा रहेको विविधतालाई सकारात्मक रुपमा लिँदै आलोचना र टिप्पणीप्रति सकारात्मक हुनसक्नुपर्ने बताए ।

उनले भने, “कुनै पनि चिजको परीक्षण व्यवहारबाटै हुन्छ । सिद्धान्तको पनि परीक्षण व्यवहारबाट हुन्छ । व्यवहारले सही सावित गर्‍यो भने त्यो सिद्धान्त जीवनदर्शन हुन सक्दछ । व्यवहारले ठिक ढंगले पुष्टि गर्न सकेन भने त्यो सिद्धान्तलाई परिर्माजित गर्नुपर्ने आवश्यकता पर्छ ।”

प्रतिक्रिया दिनुहोस