काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
हालै सम्पन्न आफ्नो युरोप भ्रमणको बारेमा उनले संसदलाई जानकारी गराउन लागेका हुन् ।
यसका साथै विवादित गुठी विधेयक, मिडिया काउन्सिल विधेयकलगायत समसामयिक विषयमा पनि प्रधानमन्त्री प्रष्ट्याउने अपेक्षा गरिएको छ ।