१३ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुठी जग्गामा किसानले मोहियानी हक पाउनुपर्छ : अध्यक्ष बिजुक्छे

अ+ अ-

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले गुठी जग्गामा किसानले मोहियानी हक पाउनुपर्ने व्यवस्था हुनुपर्ने बताएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि र ख्वप कलेजको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा आजदेखि शुरु भएको ‘नेशनल कन्फरेन्स अन रोल अफ म्यानेजमेन्ट’को राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले सरकारले गुठी जग्गामा मोही किसानले नै पाउनुपर्नेमा जोड दिए ।

अध्यक्ष बिजुक्छेले जग्गाबाट उठेको कर जनताकै लागि खर्च गर्नुपर्ने बताए । आर्थिक समृद्धिको नाराले मात्र देशको विकास नहुने उनको भनाइ थियो । ख्वप कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आर्थिक व्यवस्था राजनीतिक व्यवस्थाद्वारा निर्देशित हुने भएकाले देशको राजनीतिक, आर्थिक र भौतिक शक्ति समाज केन्द्रित गर्दै लैजानुपर्ने बताए ।

सरकारले आर्थिक ऐन संशोधन गरी कालो सूचीमा परेकालाई बोलपत्रमा भाग लिन नपाउने, काम सकिएको पाँच वर्षसम्म ठेकेदारले नै मर्मत गर्नुपर्ने, मुद्दा खेपिरहेका ठेकेदारले टेन्डरमा भाग लिन नपाउनेलगायत व्यवस्थालाई महिना नबित्दै खारेज गर्दा बेइमान ठेकेदारको मनोबल बढेको उनको भनाइ थियो ।

भक्तपुर नगरपालिकाका उप–प्रमुख रजनी जोशीले नगरपालिकाले भक्तपुरको कला–संस्कृति संरक्षण तथा सम्पदा पुनःनिर्माण तीव्ररुपमा अगाडि बढिरहेको बताए । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, महानगरीय प्रहरी उपरीक्षक सविन प्रधान, ख्वप कलेजका प्राचार्य रुपक जोशीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

सम्मेलनमा प्रा डा.पुष्कर बज्राचार्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्प कँंडेल, डा.निर्मल रावत, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीलगायतले ३६ कार्यपत्र प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस