१४ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुठी विधेयकको बचाऊ र विरोध

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सत्तापक्षका सांसदले गुठी विधेयकको बचाऊ र विपक्षले विरोध जनाएका छन् । नेपालमा राज गुठी, सार्वजनिक गुठी र निजी निजी गुठी रहेकामा ती गुठीका जमीनलाई व्यवस्थापन गर्न राष्ट्रियसभामा केही दिन पहिले सो विधेयक दर्ता गरिएको थियो ।

विशेष समयमा सत्तापक्षका सांसदले विधेयक संविधानको धारा २९० बमोजिम आएको सो विधेयकमा जमीनको मालिक गुठी संस्थान नभई जनतालाई बनाउन लागिएको बताएका थिए भने प्रतिपक्षीले सो विधेयक धर्म, परम्परा, रीतिरिवाज र संस्कारलाई अवमूल्यन गर्न ल्याएको आरोप लगाएका थिए । नेपालमा सबै प्रकारका गरी कुल चार लाख चार हजार ९९० रोपनी गुठी जमीन छ ।

हाल गुठी जमीनको मालिक गुठी संस्थान र जग्गा कमाउने व्यक्ति मोहीका रुपमा रहेका छन् । गुठी जमीन खनजोत गर्दै आएका निजी गुठीका मोहीको जग्गा रैतानी गर्ने कार्य २०६५ सालदेखि रोकिएको छ । जमीन रैतानी नभएकाले नै गुठी जग्गा बैंक तथा वित्तीय संस्थानले धितो स्वीकार गर्दैनन् ।

विशेष समयमा बोल्नुहुने अधिकांश सांसदले लोकसेवा आयोगले गरेको विज्ञापन स्थगन गर्न राज्य व्यवस्था समितिले दिएको निर्देशन अटेर गरेको आरोप लगाएका थिए । आयोगले केही दिनपहिले नौ हजार १६१ व्यक्तिको विज्ञापन गरेको थियो ।

विशेष समयमा बोल्ने केही सांसदले कैलाली र कञ्चनपुर जिल्लामा आएको हावा र हुरीले ठूलो मात्रामा धनजनको क्षति पुर्‍याएकाले त्यहाँका जनतालाई क्षतिपूर्ति दिनुपर्ने, सहकारीमा जम्मा भएको कालो धन खोजी गर्नुपर्ने, संविधान संशोधन प्रक्रिया थालनी गर्नुपर्ने र विभिन्न जिल्लामा नदी नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए ।

विशेष समयमा कृष्णभक्त पोखरेल, दिव्यमणि राजभण्डारी चन्द्रकान्त चौधरी, प्रदीप यादव, विनादेवी बुढाथोकी, विष्णु शर्मा, नारदमुनि राणा, उमाशङ्कर अरगरिया र प्रेमसुवालले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस