१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जनप्रतिनिधिका दुई वर्ष’ …

अ+ अ-

बनेपा । धुलिखेल नगरपालिकाले जनताबाट निर्वाचित भएर जिम्मेवारी सम्हालेको दुई वर्ष पुगेको अवसरमा ‘जनप्रतिनिधिका दुई वर्ष’ नामक पुस्तक सार्वजनिक गरेको छ ।

निर्वाचनबाट निर्वाचित भएर जिम्मेवारी सम्हालेपछि दुई वर्षभित्रमा नगरपालिकाभित्र के–के काम गरे भन्ने विषयलाई लिएर तयार पारिएको पुस्तक सार्वजनिक गरिएको नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले बताए । सो कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका अध्यक्ष उद्धव केसीले निदाएर देखेको सपना काम नलाग्ने उल्लेख गर्दै धुलिखेल नगरपालिकाको नेतृत्वले वास्तविक सपना देखेर विकासको काममा अगाडि बढेको बताए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख एवं नेपाल नगरपालिका सङ्घका अध्यक्षसमेत रहेका अशोक ब्याञ्जुले भने, “हामीले निर्वाचित भएपछि जनताका बीचमा केही काम गरेका छौँ, ती कामको पारदर्शिता, उत्तरदायी र जवाफदेहिताको हिसाबले यसलाई पुस्तकमा समेटेर सबै नागरिकसम्म पु¥याउने उद्देश्यले अभिलेखका रुपमा तयार गरेका हौँ ।”
पुस्तकमा १२१ योजना समेटेर प्रकाशित गरिएको छ ।

प्रमुख ब्याञ्जुले अन्तर्राष्ट्रिय लगानी योजनाअन्तर्गत धुलिखेल मेडिसिटी अस्पतालका लागि सात करोड ४० लाख डलर प्रस्ताव गरिएको र ड्रिमल्याण्ड परियोजना धुलिखेलका लागि चार करोड ३० लाख डलर प्रस्ताव गरिएको बताए । त्यससँगै नेपालमा पहिलोपटक मोबाइल एप्समार्फत सबै प्रकारको जानकारी लिन सकिने व्यवस्थाको शुरुआत गरेको छ ।

प्रहरी कार्यालयलाई १० टेलिभिजन सेट हस्तान्तरण

धुलिखेल नगरपालिकाले जिल्ला प्रहरी कार्यालय धुलिखेलका लागि १० वटा टेलिभिजन हस्तान्तरण गरेको छ । नगरप्रमुख अशोक ब्याञ्जुले प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्कालाई ३२ इन्चका १० एलइडी टेलिभिजनको सेट हस्तान्तरण गरेका हुन् । नगरप्रमुख ब्याञ्जुले कैदीबन्दीलाई र प्रहरी जवानलाई सूचना ग्रहण गर्न र मनोरञ्जन लिनका लागि टेलिभिजन सेट प्रदान गरेको बताए।

प्रतिक्रिया दिनुहोस