२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक खन्ने क्रममा देवस्थल फेला

अ+ अ-

रामप्रसाद राई गाउँपालिका–३ भुल्केमा सडक खन्ने क्रममा देवीदेवताको मूर्ति फेला परेको छ । देवताको मूर्ति फेला परेपछि सो स्थललाई अहिले ‘गुप्तेश्वर महादेव’ नामाकरण गरी स्थानीयले संरक्षण गरिरहेका छन् ।

स्थानीय पुजारी गणेशप्रसाद निरौलाका अनुसार परापूर्व कालमा त्यहाँ देवस्थल रहेको तर पहिरोले पुरिएको हुनसक्ने र अहिले सडक खन्ने क्रममा मूर्ति फेला परेको हो । देवस्थलमा अहिले भक्तजन आउने गरेका छन् । सो ठाउँमा साँझ बिहान पूजापाठ गरिन्छ । उक्त स्थानमा शिवलिङ्गसँगै अन्य विभिन्न देवीदेवताको मूर्तीसमेत देख्न सकिन्छ । “स्थानीय स्तरमा संरक्षण समिति गठन गर्दैछौँ” निरौलाले भने ।

धार्मिक स्थलको संरक्षणसँगै प्रचारप्रसारको काम भइरहेको वडाध्यक्ष डिकमान राईले बताए। गत पुसमा वडा कार्यालयदेखि धोद्खानीको फिलुङगेटारसम्म करीब तीन किलोमिटर सडक विस्तारका क्रममा विभिन्न देवीदेवताको मूर्ति भेटिएको हो । “भुगर्भविद् ल्याएर यथार्थ पत्ता लगाउने तयारीमा जुटेका छौँ”, राईले भने । अहिले सो ठाउँमा विभिन्न समयमा मेलासमेत लाग्ने गरेको छ । गाउँपालिकाका अध्यक्ष विजय राई योजनाबद्ध ढङ्गले यसको विकासका लागि आगामी वर्ष बजेट विनियोजन गर्ने बताउछन् ।