८ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अपराधसम्बन्धी समाचारमा मिडिया संवेदनशील बन्नुपर्ने’

अ+ अ-

काठमाडौं ।  महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले मिडिया जघन्य अपराधसम्बन्धी समाचार सम्प्रेषण गर्दा संवेदनशील बन्नुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ, ललितपुर शाखाले आज यहाँ आयोजना गरेको ‘पत्रकार आचारसंहिता तथा भाषा प्रशिक्षण कार्यक्रम’ को उद्घाटन गर्दै उनले अनुसन्धानलाई असर पुग्ने गरेर मिडियाले समाचार सम्प्रेषण गर्न नहुने बताए । सरकारी वकिल, नेपाल प्रहरी र पत्रकारबीचमा सुमधुर सम्बन्ध आवश्यक रहेको उनले औँल्याए । उनले भने, ‘कुनै पनि घटनामा मिडियाले के भएको हो भनेर घटना जस्ताको तस्तै प्रस्तुत गर्नुपर्छ, गलत सूचना दिनुहुँदैन ।’

प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले नेपाली मिडियाले धेरै सकारात्मक काम गरेको उल्लेख गरे। देशको सामाजिक र राजनीतिक परिवर्तनमा मिडियाले उल्लेखीय भूमिका निभाए पनि मिडिया आफैँ सच्चिनुपर्ने ठाउँ धेरै भएको उनको भनाइ छ । उनले भने, ‘हामी आफैँ सच्चिन नलाग्ने हो भने सरकारले जरिवानासहितको कानून बनाउन लागेको छ ।’

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले नगरपालिकाले महासंघलाई छुट्टै भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने बताए । मिडियाले सत्यतथ्य बुझेर मात्रै लेख्नुपर्नेमा उनको जोड छ । उनले भने, ‘दिनभर जनताको सेवा गरेर साँझ घर पुग्दा मिडियाले लेखेका गलत कतिपय कुरा देखेर निरास हुने गरेको छु ।’

कोञ्जेसोम गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङ्तानले गाउँपालिका शहरी क्षेत्रबाट नजिकै भएर पनि आर्थिक, सामाजिक रुपमा पछाडि परिरहेको उल्लेख गरे । नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष ज्ञानप्रसाद पौडेलले महासंघले यहाँका स्थानीय तहसँगको सहकार्य र समन्वयलाई प्राथमिकता दिइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस