२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलियाको नाम सर्वसम्मत अनुमोदन

अ+ अ-

काठमाडौं । संघीय संसद् संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेशकुमार थपलियाको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

समितिको आजको बैठकमा उनले प्रस्तुत गरेको सोच, अवधारण र कार्ययोजनाबारे जानकारी लिएपछि समितिले थपलियाको नाम सर्वसम्मतिले अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

संवैधानिक परिषद्को चैत ११ गतेको बैठकले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्तका लागि सिफारिश गर्दै संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको थियो ।

समितिसमक्ष प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगको संरचना सबै स्थानीय तहमा पु¥याउन कोसिस गर्ने तथा संसदीय समितिले आफूप्रति राखेको विश्वासमा खण्डित र आँच आउने काम नगर्ने प्रतिबद्धता जनाए ।

उनले भने, ‘मुलुक संघीय ढाँचामा प्रवेश गरेसँगै अब आयोगको पुनःसंरचना, रिक्त रहेको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा पदका लागि निर्वाचन, निर्वाचनसँग सम्बन्धीत कानून निर्माण, आयोगलाई प्रविधि मैत्री र निर्वाचनलाईलाई मितव्ययी बनाउने कामलाई प्राथमिकता दिएर काम गर्नेछु ।’

निर्वाचन लोकतन्त्रको आत्मा भएको बताउदै उनले आयोगप्रति सबैको अपनत्व सहभागिता हुँदाहुँदै पनि स्वच्छ, स्वतन्त्र र विश्वासनीय निर्वाचनका बारेमा उठिरहेका प्रश्नलाई सम्बोधन गर्न आफूले हर प्रयत्न गर्ने प्रतिबद्धता जनाए ।

निर्वाचनको परिणाम आउँदा पराजित हुनेले पनि आफू जितेको महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउँदै प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘पैसा नभए पनि निर्वाचन गर्न र निर्वाचन जित्न सकिन्छ भन्ने अनुभूति दिलाउन अहिले आवश्यक छ ।’

कुनै दल विशेषको सदस्यता लिएको आरोपसहित उनीमाथि छ वटा उजुरी परेका थिए । समितिले आजै उजुरीकर्तासँग उजुरी हाल्नु पर्नाको कारण र उजुरीको औचित्य पुष्ट्याइँका लागि माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस