५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालले मलेसियालाई हरायो

अ+ अ-

काठमाडौं । मलेसियामा जारी आइसिसी १९ वर्षमुनि (यू–१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभल मैदानमा भएको खेलमा नेपालले मलेसियालाई आठ विकेटले पराजित गर्दै विजयी भएको हो । तीन खेल खेलेको नेपालको यो दोस्रो जीत हो । नेपालले तीन खेलबाट चार अङ्क जोडेको छ ।

यसअघि छनोटको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई २१७ रनको भारी अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग एक रनले पराजित भएको थियो । टस हारेर पहिले ब्याटिङ गरेका मलेसियाले नेपाललाई ९३ रनको विजय लक्ष्य दिएको थियो । जवाफमा नेपालले १३ ओभरमा मात्र दुई विकेट गुमाउँदै भेटायो ।

नेपालको जीतमा शुरुआती ब्याट्सम्यान रित गौतमले सर्वाधिक ३९ रन बनाए । ४५ बल खेलेका उनले पाँच चौका प्रहार गर्दै ३९ रनमा अविजित रहेका हुन् । त्यस्तै आसिफ शेखले २६ तथा पवन सर्राफले १९ तथा कप्तान रोहित पौडेल ६ रनमा अविजित रहे ।

बलिङतर्फ मलेसियाका साफिक स्याकिर र सुक्री मादेलीले एक/एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले ३३ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ९२ रनमा समेटिएको थियो । मलेसियाका लागि लेजाड ड्यानियल बिन अहमेदले सर्वाधिक ३७ रनको योगदान दिए भने कप्तान मोहमद अमिरले १३ तथा हाकिम हरिसनले १० रन बनाए ।

नेपालका पवन सर्राफ र कुशल मल्लले तीन÷तीन विकेट लिए भने कमल सिंह ऐरीले दुई विकेट झारे । अब नेपालले आफ्नो चौथो खेल भोलि ओमानसँग खेल्नेछ । उक्त छनोट प्रतियोगिताको विजेताले सन् २०२० मा दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपमा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस