२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पिके डाँडा : नजीकै देखिन्छ आठ हजार मिटरमाथिका हिमाल

अ+ अ-

पिके । सगरमाथा रहेको तथा मनोरम हिमशृङ्खला र उच्च पर्वतीय क्षेत्र सोलुखुम्बु जिल्लाको पर्यटकीय महत्व बोकेको पिके हिल प्रकृतिले दिएको अनुपम उपहार हो । ८ हजार मिटरमाथिका ६ हिमशृङ्खलालाई नजीकबाट नियाल्न सकिने पिके डाँडा स्थानीय शेर्पा समुदायको रहनसहन तथा दृष्यावलोकनका हिसाबले अति नै महत्वपूर्ण छ । समुद्र सतहबाट चार हजार ७० मिटरको उचाइमा रहेको उक्त डाँडासहित आसपासका क्षेत्र समेटेर पर्यटन प्रवद्र्धन गर्न सके उत्कृष्ट पर्यटकीय गन्तव्य हुने जनाइएको छ ।

यहाँबाट देखिने सुन्दरता र प्राकृतिक छटा नियाल्ने पर्यटक दोहो¥याएर आउने गरेको पिके बेस क्याम्पका पर्यटन व्यवसायी झोङ्बु शेर्पाले बताए । सो क्षेत्रबाट मौसम खुल्दा अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्घा, सगरमाथा, ल्होत्से, नुप्चे र मकालुलगायत हिमाल देख्न सकिने स्थानीयवासीको भनाइ छ ।

सरकारले गत वर्ष मात्रै प्रमुख १०० पर्यटकीय गन्तव्य क्षेत्रमा समावेश गरेपछि पर्यटन विकासका दृष्टिले पिकेले नयाँ फड्को मारेको छ भने स्थानीयवासीले पर्यटकीय गतिविधि सञ्चालन गर्न थालेका छन् । नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन यस क्षेत्रले महत्वपूर्ण योगदान दिन सक्ने अपेक्षा उनीहरुको छ ।

ओखलढुङ्गा पर्यटन विकास समितिका अध्यक्ष ङ्वाङ्ङिमा शेर्पाले शेर्पा संस्कृति र दृष्यावलोकनका लागि आकर्षक गन्तव्य मानिने सोलुखुम्बुको लिखुपिके गाउँपालिका र ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकालाई जोडेर पर्यटन प्रवर्द्धन अभियान थालिएको बताउँदै अहिले साहसिक पदयात्रा गर्न रुचाउने पर्यटकको आकर्षक गन्तव्य बनेको उल्लेख गरे ।

आइतबार चौथो पटक पिके डाँडा पुगेका जापान फुजिहाराकी साइयाले यहाँको प्राकृतिक सुन्दरताले लोभ्याएको बताए । नेपालमा २८ चोटि भ्रमण गर्दा यहाँबाट मनमोहक दृश्य देख्ता पिकेले सधैँ लोभ्याइरहने उनले अनुभव सुनाए । गणेश हिमालदेखि खुम्बुको कुनाकाप्चा देखिने भएकाले आफूले पर्यटकलाई यही क्षेत्रमा ल्याउने गरेको नेपाल ट्रेकका पर्यटन गाइड वीरबहादुर मगरले बताए ।

पर्यटकीय महत्व भएर पनि यहाँ छिटफुट पर्यटक मात्रै आउने गरेका छन् । स्थानीयवासी छेपाल शेर्पाले पर्याप्त प्रचारप्रसार र पूर्वाधार निर्माण हुन सके पिकेको भविष्य उज्ज्वल छ भन्दै यस पटक यही चैत २३ गते पहिलो हाफ म्याराथन तथा चैत २२ र २३ गते पर्यटन महोत्सव नै आयोजना गरिएको बताए ।

यहाँको चुप्लुङ, खिजी, फलाँटे, थोलेदेम्बा, ताक्लुङ, लाम्जुरा र पिकेलाई समेटेर पदयात्रा मार्ग निर्माण भएको छ । ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल ९टान० का महासचिव आङ्पेम्बा शेर्पाले पदयात्राका लागि सो क्षेत्र नयाँ रहेको बताउँदै यहाँबाट पूर्वको कञ्जनजङ्घादेखि पश्चिममा धौलागिरिसम्मका हिमाल देख्न सकिने बताए। छोटो समयमा पुगेर दृष्यावलोकन गर्न सकिने सो क्षेत्र प्रकृतिको अनुपम उपहार भएको उनको भनाइ छ ।

पिके डाँडा शेर्पा जातिको संस्कृतिसँग समेत जोडिएको छ । कुलदेवतालाई सम्झेर यहाँ शेर्पाहरु पूजाआजा गर्छन् भने हरेक साउन २ गते मेला लाग्छ । शेर्पा समुदाय धूप ९सुनपाती० टिप्नका लागि पनि यहाँ पुग्छन् ।

सुन्दर भौगोलिक बनोट रहेको पिकेमा काठमाडौंँबाट करीब १४० किमीमा पर्ने खिजीदेम्बा, धुलिखेल, खुरकोट, रामेछापको मन्थली हुँदै लिखु खोला तरेर धोबी हुँदै पुगिन्छ ।

शेर्पा सुमदायको बाहुल्य रहेकाले उनीहरुको मौलिक संकृति र रीतिरिवाजको अध्ययन अनुसन्धान तथा अवलोकनका लागि समेत यो ठाउँ महत्वपूर्ण छ ।

केही वर्षअघिदेखि सञ्चालनमा आएको पिकेदेम्बा ट्रेलका कारण यहाँ विस्तारै स्वदेशी र विदेशी पर्यटकसमेत आउन थालेका छन् । झण्डै ३६० डिग्रीको कोणमा नजीकबाट हिमाल देखिने क्षेत्र नेपालमा कमै रहेको टानका सूचना प्रविधि अधिकृत पेम्बा शेर्पाले बताए ।

प्राकृतिक सौन्दर्य र भौगोलिक विविधताले भरिपूर्ण पिके डाँडा साहसिक पर्यटन तथा हिमशृङखलाको मनोरम दृश्यावलोकनका लागि महत्वपूर्ण गन्तव्य हो ।

सम्भावना भएर पनि ओझेलमा परेको सो क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न यतिखेर सोलुखुम्बुको लिखुपिके र ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाका बासिन्दा जुटेका छन् ।

यहाँ दुई दर्जनभन्दा बढी गुराँस प्रत्यक्ष हेर्न जोकोही लालायित हुन्छन् । सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटक भियाउने लक्ष्य पूरा गर्न यहाँको धार्मिक, साहसिक खेलकूद र आरोहणले सहयोग पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस