२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेयर बजार दोहोरो अङकले वृद्धि

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङकको वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३.७२ बिन्दुले बढेर एक हजार १६३.४७ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३४ बिन्दुले बढेर २४८.१५ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक बढ्दा कारोवार रकममा समेत वृद्धि भएको छ ।

कूल १६९ कम्पनीका १८ लाख ९३ हजार १२० कित्ता शेयर रु ५० करोड आठ लाख ८१ हजार ७३८ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये आज दुई उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयर बढेको छ ।

जलविद्युत् ३.४८ र निर्जीवन बीमा ६.७६ बिन्दुले घट्दा बैंकिङ १९.६७, होटल २०.०१, विकास बैंक ३.६१, वित्त १.६१, उत्पादन ८.७३, अन्य ५.६१, लघुवित्त २.२१ र जीवन बीमा ३८.८६ बिन्दुले बढेको छ ।

कारोवार रकमका आधारमा आज नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक रु ४ करोड २५ हजार ३७० मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा छ ।

यस्तै एनआइसी एशिया बैंकको रु ३ करोड ७६ लाख ८४ हजार ४७१, एनएमबी बैंक रु २ करोड ७१ लाख ५९ हजार १९२, नेपाल बङ्गलादेश बैंक रु दुई करोड २७ लाख ७५ हजार २२०, प्रभु बैंक रु दुई करोड छ लाख ७८ हजार ३३०, प्राइम बैंक रु एक करोड ६३ लाख ६९ हजार ८४७, एभरेष्ट बैंक रु एक करोड ६२ लाख ११ हजार ३३५ र सिटिजन बैंक रु एक करोड ५४ लाख ७५ हजार २६२ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

स्टकका अनुसार भागर्व विकास बैंकका शेयरधनीले ९.४० प्रतिशतले कमाएका छन् । यस्तै लक्ष्मी इक्विटी फण्ड ५.८९, एनएमबी हाइड्रो फण्ड ५, पोरखा फाइनान्स ४.६५, जानकी फाइनान्स ४.२७ र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले ३.९२ प्रतिशतले कमाएका छन् ।

युनिभर्सल पावर कम्पनीका शेयरधनीले ९.५८, कञ्चन डेभलपमेन्ट बैंक ५.६६, अरुण काबेली पावर लिमिटेड ४.३४, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ४.०१ र युनाइटेड फाइनान्सले २.९८ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस