एजेन्सी । इण्डियन प्रिमिएर लिग (आइपीएल) क्रिकेटमा किङ्स–११ पन्जाबविरुद्ध सन्दीप लामिछानले उत्कृष्ट प्रर्दशन गरेका छन् । पहिलो ओभरमा एक विकेट लिएका सन्दीपले चौंथो ओभरको पाँचौं बलमा दोस्रो विकेट लिएका छन् ।
पन्जाबको घरेलु मैदानमा दिल्ली क्याटिल्सबाट दोस्रो खेल खेलेमा सन्दीपले पूरै ४ ओभर बलिङ गर्दै २७ रन खर्चिए ।
पहिलो ओभरको पहिलो बलमा १ रन दिएका सन्दीपले दोस्रो बल डट फाले । तेस्रो बलमा २ र चौथो बलमा छक्काको शिकार भएका उनले पाँचौं बलमा ओपनर सम कुरनलाई २० रनमा पभेलियन फर्काएका थिए । दोस्रो ओभरमा ४ रन खर्चिएका सन्दीप तेस्रो ओभरमा उनले १२ रन खर्चिए । चौथो ओभरमा ४ रन खर्चिदै उनले दोस्रो विकेट लिन सफल भए ।
पन्जाबका सफराज खान ३९ रनमा सन्दीपको बलमा क्याच भए ।
यसअघि कोलकता नाइट राइडर्समाथि सन्दीपले १ विकेट लिएका थिए । उक्त खेलमा दिल्ली सुपर ओभरमा रोमान्चक जित निकाल्न सफल भएको थियो ।