काठमाडौँ । विदेशी लगानी भित्र्याउन सरकारले आयोजना गरेको लगानी सम्मेलन शुरु भएको छ ।
काठमाडौंको होटल सोल्टीमा आयोजित विशेष समारोहकाबीच लगानी बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले शुक्रबार बिहान सम्मेलनको उदघाटन गरेका छन् ।
अर्थमन्त्री युवराज खतिवडाले स्वागत मन्तव्य राख्दै स्वागत पछि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनका सहभागीहरुलाई सम्बोधन गरेका छन् ।
उनले राजनीतिक संक्रमणको अन्त्य गर्दै नेपाल समृद्धिको यात्रामा अघि बढेकाले हातेमालो गरेर अघि बढ्न लगानीकर्तालाई आग्रह गरेका छन् ।
हेर्नुहोस् सम्बोधनको पूर्ण पाठ