२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजी छाडेर सामुदायिकमा विद्यार्थी

अ+ अ-

डोटी । जिल्लाका निजी विद्यालयमा पढ्ने विद्यार्थी हिजोआज सामुदायिक विद्यालयमा भर्ना हुन थालेका छन् । राम्रो पढाइ हुनथालेपछि निजी छाडेर सामुदायिक विद्यालयतर्फ विद्यार्थी आकर्षित भएको सामुदायिक विद्यालयका शिक्षकको दाबी छ ।

विगतकोभन्दा केही फरक तथा शिक्षाको गुणस्तर पनि राम्रो भएकाले विद्यार्थीको आकर्षण बढ्न थालेको भूमिराज मावी सलेनाका पूर्वप्रधानाध्यापक जगतबहादुर बलायरले बताए ।

उनले भने, ‘यहाँका सामुदायिक विद्यालयले पछिल्लो समय आफ्नो पढाइ तथा शिक्षाको गुणस्तर सुधारेका कारण निजी छोडेर विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना हुन थालेका हुन् ।’

जिल्लाको शिखर नगरपालिका–१ केदारेश्वर मावि कपल्लेकी, आदर्श गाउँपालिकास्थित तलारामा रहेको तलारा मावी, सदरमुकाम सिलगढीमा रहेको पद्मपब्लिक मुक्तिनायरण मावि, दिपायलमा रहेको दिल्पेशवर मावि, जोरायल गाउँपालिका– १ मा रहेको घण्टेश्वर मावि जोरायललगायतका सामुदायिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको चाप बढ्न थालेको सो क्षेत्रका अभिभावक बताउँछन् ।

जोरायल गाउँपालिका– ६ का चित्रराज भट्टले भने, ‘पछिल्लो समय पढाइको स्तर बढेकाले निजीमा पढ्ने विद्यार्थीसमेत सामुदायिक विद्यालयमा पढ्न आउन थालेका छन् ।’ अन्य जिल्लामा सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको भन्ने जनगुनासो बढिरहँदा यहाँका केही सामुदायिक विद्यालयमा भने निजी विद्यालयमा भन्दा शिक्षाको गुणस्तर राम्रो भएको अभिभावकको दाबी छ । पछिल्लो समय यहाँका सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ शुरु हुन थालेको छ ।

केही सामुदायिक विद्यालयमा प्रशस्तरुपमा कक्षाकोठा, विद्यालय हाताभित्रै खाजाघर, शौचालय, पानीको व्यवस्था, खेल मैदान, विद्यालय प्रवेश गर्ने बित्तिकै अनुशासित वातावरणमा पढाइ र अतिरिक्त क्रियाकलापका कारण विद्यार्थी सामुदायिक विद्यालयतर्फ आकर्षित हुन थालेको शिखर नगरपालिका वडा नं १ कपल्लेकीका वडाध्यक्ष खड्क शाहीले बताए ।

उनले भने, ‘विद्यालयको पढाइदेखि अन्य वातावरणसमेत शान्त र अकर्षण भएकाले विद्यार्थी र अभिभावकको रोजाइमा अहिले सामुदायिक विद्यालय पर्न थालेका हुन् । ‘स्थानीय अभिभावकका अनुसार यहाँका सामुदायिक विद्यालयमा अहिले २ हजारको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । डोटीसँगै जोडिएका अछाम, डडेल्धुरा तथा बैतडीका विद्यार्थी यहाँका सामुदायिक विद्यालयमा पढ्न आउन थालेको आदर्श गाउँपालिकामा रहेको तलारा माविका प्रधानाध्यापक टेकबहादुर सिंहले बताए ।

उनले भने, ‘हामीले पढाइको गुणस्तर सँगसँगै अन्य वातावरण पनि राम्रो बनाएकाले हामीकहाँ जिल्ला बाहिरबाट पनि पढ्नका लागि विद्यार्थी आउन थालेका छन् ।’ यहाँका सामुदायिक विद्यालयले पछिल्लो समय आफ्नो पढाइको गुणस्तरमा सुधार ल्याएसँगै विद्यार्थी सङ्ख्या पनि बढाउन थालेको दिपायल घोल्तडाका स्थानीय बहादुरे कोलीले बताए । निजीमा पढ्ने विद्यार्थी धमाधम सामुदायिक विद्यालयमा पढ्न जान थालेपछि निजी विद्यालय सञ्चालनमा समस्या हुन थालेको बताइएको छ ।