२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकासको गतिले तीव्रता पायो : प्रधानमन्त्री ओली

अ+ अ-

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विकासको गतिले तीव्रता पाएको बताएका छन् । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले आज विश्वविद्यालयमा आयोजित विशेष दीक्षान्त समारोहमा विकासमा अघि बढ्न सबै संयन्त्रलाई अँगालेको बताए ।

उनले भने, ‘विकासका सबै संयन्त्र प्रयोग गरी अगाडि बढिरहेका छौँ, हामी मुलुकलाई समृद्ध बनाउन प्रयासरत छौँ ।’ उनले विकासलाई शिक्षा र विज्ञानसँग जोडेर मुलुक समृद्ध बनाउन आफूहरु अनवरत रुपमा लागिरहेको दाबी गरे ।

प्रधानमन्त्री ओलीले कम विकसित हाम्रो मुलुक पछाडि पर्नुको कारण पत्ता लगाएर समाधान गर्न लागेको उल्लेख गरे । ‘हाम्रोजस्तै जमीन भएको सानो मुलुक स्वीट्जरल्याण्ड निकै विकसित छ, तर उसको विकास हाम्रोभन्दा निकै टाढा छ’, उनले भने, ‘ल्याण्डलक्ड र हिमाली मुलुकका हामी पनि उसकै गतिमा विकासलाई तीव्रता दिन प्रयासरत छौँ ।’ उनले आफूहरु समृद्धिको बाटोमा गम्भीररुपमा खटिरहेकाले विकासका पाइला छिटोछिटो अघि बढिरहेको दोहोर्‍याए ।

प्रधानमन्त्री ओलीले अर्को प्रसङ्गमा विज्ञान र प्रविधिका कारण आफू अहिलेसम्म बाँच्न पाएको बताए । उनले भने, ‘विज्ञान र प्रविधिले म अहिलेसम्म बाँचेको छु, नत्र मैले संसार छाडेको १२ वर्ष भइसक्थ्यो !’ उनले विज्ञान प्रविधिको विकासका कारण नै विश्व उच्च प्रकारका स्वास्थ्य सेवा उपलब्ध भएकाले मानिसले पुनर्जीवन पाएको बताए ।

प्रधानमन्त्री ओलीले विशेष दीक्षान्त समारोहमा प्रसिद्ध स्वीस सिभिल इञ्जिनीयर तथा स्वीस फेडरल इन्स्टिच्युट अफ टेक्नोलोजी (लुसाने)का मानार्थ अध्यक्ष प्रा डा. जँ क्लड बाडुलाई सम्मानार्थ विद्यावारिधि प्रदान गरे । उनले आफ्नै देश स्वीट्जरल्याण्डको शैक्षिक क्षेत्रमा विशेष योगदान पुर्‍याएवापत विश्वविद्यालयले सम्मानार्थ विद्यावारिधि प्रदान गरेकामा खुशी व्यक्त गरे ।

पचासी वर्षीय डा.बाडुले नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण आफूलाई मन पर्ने देश भएकाले बताए । उनले भने, ‘म नेपाल २० पटक आइसकेँ, तपाईंका हिमाल उत्तिकै सुन्दर छन् तर बेलाबेलामा बाढी पहिरोको समस्या देखा पर्दा दुःख लाग्छ ।’ उनले शिक्षा विकासको ठूलो शक्ति रहेकाले नयाँ नयाँ ज्ञानको खोजी गर्नुपर्ने बताए ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा.रामकण्ठ माकजू श्रेष्ठले विज्ञान र प्रविधिले फड्को मारिरहेकाले उज्ज्वल भविष्यका लागि कस्तो शिक्षा प्रदान गर्ने भन्नेमा विशेष ध्यान दिनु आवश्यक रहेको बताए । रजिष्ट्रार प्रा डा.सुबोध शर्माले समारोहमा डा.बाडुको शिक्षाको क्षेत्रमा पुर्‍याएको योगदानबारे चर्चा गरेका थिए।

विश्वविद्यालयले यसअघि सन् २०११ मा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र भारतका राजनीतिज्ञ डा करण सिंह र सन् २०१६ मा भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई सम्मानार्थ विद्यावारिधि प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस