२२ हजार घुससहित ल्याब टेक्निसियन पक्राउ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

२२ हजार घुससहित ल्याब टेक्निसियन पक्राउ


प्रशासन विशेष ब्युरो

१ चैत्र २०७५, शुक्रबार


अख्तियार

काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका ल्याब टेक्निसियन (नायब सुब्बा) सरोज रोकालाई पक्राउ गरिएको छ ।

अख्तियारको टोलीले रोकालाई मेडिकल सेन्टर सेवा विस्तार गर्ने प्रयोजनका लागि नियमानुसार गर्नुपर्ने काममा आलटाल गरी सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरेको हो ।

रोकाले सेवाग्राहीसँग २२ हजार घुस लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । रोकामाथि अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस