३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनतासँगै श्रमदानमा खटिँदै जनप्रतिनिधि

अ+ अ-

गलेश्वर । जनताले दिएको मतबाट निर्वाचन जितेपछि आफुलाई सर्बशक्तिमान ठानेर जनमतको बेवास्ता गर्दै आफू अनुकुलका काम गर्ने भनेर जनप्रतिनिधिको आलोचना भइरहेका बेला म्याग्दीका केही जनप्रतिनिधिले आफै अगुवा बनेर उदाहरणीय काम गरेका छन् ।

आफ्नो पेशा व्यवसाय र घरायसी कामलाई समेत त्यागेर अनवरत जनताको कममा लाग्ने र आफैँ ज्यामी मजदुर बनेर जनतासँगै काममा खटिने जनप्रतिनिधि पनि म्याग्दीमा छन् । जिल्लाको बेनी नगरपालिका–३ भकिम्लीका अध्यक्ष पदमा पुन यस्तै जनप्रतिनिधिमध्येका एक हुन् अध्यक्ष पुन अहिले गाउँ जोड्ने सडकको स्तरोन्नतिका लागि सथानीयवासी सँगै जनश्रमदानमा खटिइरहनुभएको छ ।

बेनी भम्किली सडकखण्डअन्तर्गत हल्लेगौडाको भीरमा अध्यक्ष पुनले जनतासँगै कैयौँ दिनदेखि दिनभरी श्रम गरेपछि स्थानीयवासी पनि उतसाहित भएका छन् । वडासदस्य गेमबहादुर घर्तीका अनुसार विगत तीन दिनदेखि वडाध्यक्षको नेतृत्वमा वडाका सम्पूर्ण जनप्रतिनिधिले जनतासँगै श्रम गरेर सडकको स्तरोन्नति गर्ने काम भइरहेको छ ।

सत्र किलोमिटरको बेनी–भकिम्ली मोटरबाटो स्तरोन्तिका लागि नगरपालिकाले विनियोजन गरेको ३० लाखले सो सडकको स्तरोन्नतिका लागि नगरपालिकाले विनियोजन गरेको ३० लाखले सो सडकको स्तरोन्नति गर्न नपुग्ने भएपछि वडाअध्यक्ष लगायतका जनप्रतिनिधिको अगुवाइमा जनश्रमदान अभियान स१चालन गरिएको हो । ‘म तीन दिनदेखि रमै नगइकन काममा खटेको छु’, पुनले भने, ‘हामी जनताको सेवा गर्न आएका हौँ, आफ्ना व्यक्तिगत कामलाई बढी भन्दा बढी महत्व हामीले जनताको कामलाई दिनुपर्छ ।’

नगरपालिका–३मा स्वतन्त्र उमेदवारका रुपमा अध्यक्षमा निर्वाचित भएका पुन म्याग्दीका लागि मात्रै नभएर नेपालकै लागि एक उदाहरणीय जनप्रतिनिधि हुन् । अत्यन्त सादगी जीवनशैली,काममा खटिरहने प्रवृत्ति, नम्र स्वभाव, मिलनसार र सहकार्यमा विश्वास गर्ने पुन जनताको कामका लागि जस्तोसुकै दुःख सहन पनि पछि नपर्ने सच्चा जनप्रतिनिधि भएको स्थानीयवासीले बताएका छन् ।

अध्यक्ष पुनकै अगुवाइमा तीन कराृड लगानीमा जयन्ती माध्यमिक विद्यालयको जिल्लाकै सुविधासम्पन्न र भव्य भवन निर्माण भएको छ । देश विदेशमा रहेका भकिम्लेली आफ्ना जनप्रतिनिधिको विश्वासमा यति धेरै आर्थिक सहयोग गरेर गाउँमा जिल्लाकै नमूना विद्यालय भवन निर्माण गरेका हुन् ।

‘भकिम्लीले साँच्चिकै जनप्रतिनिधि पाएको छ ।, जनताको सेवा र सुविधाका लागि सधैँ खटिरहने जनप्रतिनिधि पाउँदा हामी धेरै खुशी छौं, भकिम्लीका ६७ वर्षीय धनबहादुर घर्तीले भने, अध्यक्षलगायत सबै जनप्रतिनिधि आफ्नो घरको काम छाडेर भकिम्लीको विकासमा खटिएका छन् ।’ ‘अहिले पनि नेपाली जनताको अपेक्षा पनि यही रहेको छ । आफूले मत दिएर जिताएका जनप्रतिनिधि गाउँको विकासमा लागुन, पक्ष–विपक्ष नहेरुन, भ्रष्टाचार नगरुन, निष्पक्षरुपमा जनपरिचालन गरेरै भएपनि गाउँको मुहार फेरुन, शिक्षा, सडक, स्वास्थ्य, खानेपानी र सिँचाइजस्ता आधारभूत कुरामा अब हामीले धेरै सास्ती पाउन नपरोस् यही नै जनताको चाहना हो’, उनले भने । जनचाहना विपरित जनप्रतिनिधि गएपछि जनतामा छाएको निराशा चिर्न म्याग्दीका पुन कालो बादलभित्रको चाँदीको घेरा बनेर देखिएको स्थानीयवासीको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस